२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ



अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन । मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो ।

पीडित भनिएकी किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईको इजलासबाट सुनुवाइ हुन नसकेको हो । यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला धकेलिएको छ ।

दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ ।