९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

२०१५ यता कुनै पनि आईपीएल फाइनल हारेका छैनन् हार्दिक

२०१५ यता कुनै पनि आईपीएल फाइनल हारेका छैनन् हार्दिक
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को फाइनल खेल आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । टस त्यसको आधा घण्टा अगाडि अर्थात् साँझ सवा ७ बजे हुनेछ ।

एकातिर हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरात बलियो टोलीको रूपमा उभिएको छ भने अर्कोतर्फ आईपीएल फाइनल खेल्ने धेरै अनुभव भएका महेन्द्र सिंह धोनी छन्, जसले त्यो दबाबलाई कसरी सम्हाल्ने भनेर जान्दछन् । यस्तो अवस्थामा उपाधिका लागि दुई टोलीबीच कडा प्रतिस्पर्धा हुनसक्छ ।

गुजरातको टोलीले पहिलो पटक आईपीएल २०२२ मा खेलेको थियो र यसको पहिलो सिजनमा हार्दिकको नेतृत्वमा टोली च्याम्पियन बनेको थियो । अर्थात् आईपीएलको फाइनल जित्ने उसको शतप्रतिशत रेकर्ड छ । हार्दिकले गत सिजन युवा टोलीमा जीवन भरेका थिए र यो सिजन पनि उनले त्यसको फाइदा उठाएका छन् । जसका कारण फेरि एकपटक गुजरातको टोली फाइनलमा पुगेको छ । अघिल्लो पटक जस्तै गुजरात यस सिजन पनि २० अंकसहित लिग राउण्डमा अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।

गुजरातसँग शुभमन गिल र ऋद्धिमान साहाजस्ता खेलाडीहरू छन् जसले आवश्यक पर्दा टोलीलाई जित दिलाउन सक्छन् । सन् २०१४ को आईपीएल फाइनलमा साहाको शतक कसले बिर्सन सक्छ र । यसबाहेक क्याप्टेन हार्दिक पाण्ड्या आफैं गुजरातका एक्स–फ्याक्टर हुन् । हार्दिकले सन् २०१५ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यू गरेका थिए । त्यसयता उनले आईपीएलको फाइनलमा हारेका छैनन् ।

मुम्बई सन् २०१५ मा च्याम्पियन बनेको थियो । यसपछि २०१७, २०१९ र २०२० मा पनि मुम्बई फाइनलमा पुगेर उपाधि जित्न सफल रह्यो । २०२२ मा हार्दिक गुजरात टीममा सामेल भए । त्यसपछि पनि गुजरातको टोली फाइनलमा पुग्यो र उपाधि जित्यो । यस्तो अवस्थामा हार्दिकले फेरि एकपटक आफ्नो टोलीलाई च्याम्पियन बनाउने प्रयास गर्नेछन् र आफ्नो रेकर्ड कायम राख्न चाहन्छन् ।

यी दुईबीच अहमदाबादमा एक खेल भएको छ । यस सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई आफ्नो घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो । यसबाहेक अहमदाबादमा शुभमन गिलको कीर्तिमान ठूलो छ । उनले यस मैदानमा ११ टी–२० इनिङ्समा ७८.३७ को औसत र १५५.५८ को स्ट्राइक रेटमा ६२७ रन बनाएका छन् । जसमा तीन अर्धशतक र दुई शतक सामेल छन् । अहमदाबादमा भएको टी–२० मा १२६ रन उनको उत्कृष्ट स्कोर हो ।