२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलमा वर्षा भए के हुन्छ ?



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । त्यसअघि समापन समारोहको आयोजना गरिँदैछ । जसमा गायक डिभाइन, जोनिता गान्धी र राजा डीजे न्यूक्लिया सहभागी हुनेछन् । बीसीसीआईले यसको पुष्टि गरेको छ ।

यदि आज फाइनलमा वर्षा वा अन्य कुनै कारणले एक बल पनि नफ्याँकी फाइनल खेल हुन सकेन भने गुजरात टाइटन्स विजयी हुनेछ ।

आईपीएलको नियम अनुसार २०–२० ओभरको खेल वर्षाका कारण हुन नसकेमा पाँच ओभरको बनाइनेछ भने पाँच ओभरको खेल नभएमा एक ओभरको सुपर ओभर हुनेछ ।

त्यसपछि एक ओभर पनि हुन सक्ने अवस्था नआएमा अंक तालिकामा बढी अंक जोडेको टोली विजेता बन्नेछ । यस्तो अवस्थामा लिग चरणमा गुजरात २० अंकका साथ शीर्ष स्थानमा थियो भने चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रह्यो ।