१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आयो: पूर्वराजा ज्ञानेन्द्र शाह

आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आयो: पूर्वराजा ज्ञानेन्द्र शाह
अ अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आएको बताउनु भएको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको छ । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक भएन ।

उहाँले भन्नुभयो ‘जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हुँदैन।’

पुर्वराजा शाहले भन्नुभयो हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ। आफ्नो पहिचान – हाम्रो शान हो– आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो। हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै–यस्तै आवाज सुन्छौँ।’

पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

उपस्थित महिला तथा सज्जनवृन्द,

वीरेन्द्रनगर आएर तपाईहरुको न्यानो आत्मीयता पाउँदा मलाई धेरै खुशी लागेको छ । यो सुखद् क्षणमा तपाईहरुले दर्शाउनु भएको स्वागत् र सद्भावप्रति म कृतज्ञता ब्यक्त गर्दछु ।
प्राचिन कालमा एक विशाल तालका रुपमा रहेको यो सुर्खेत सुरदेवताको करुणाले पछि उर्वर खेत बनेको भनाई रहेको छ । दैलेख, जारजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ , डोटी अक्षाम र कैलाली गरी नौ जिल्लासंग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आध्ुनिक वीरेन्द्रनगर बनेको छ ।

आज भन्दा पचास बर्ष अघि नेपालको विकास प्रकृयामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दू बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो ।

कर्णाली राजमार्ग, रत्न राजमार्ग, काक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोईली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणा बमोजिम नै अधि आएका हुन । क्षेत्रीय भ्रमण गरि सञ्चालित विकास कार्यको अनुगमन, निरक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो ।
२०३० को दशक देखि नै शुरु भएका त्यस्ता सुखद सपनालाई दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला सम्म फैलाउँदै ,फुलाउँदै जानु आवश्यक छ । देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो ।

यो दायित्वमा निरन्तर संगठीत र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धती हो । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, बैज्ञानिकवाद, भौतिकवाद आदी जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वब्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।

तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधी व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सहि र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ – जे जे सुन्छौं र जस्तो जस्तो देख्छौं – त्यसबाट थाहा पाउँछौं – आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो । नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरुले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तव त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हँुदैन । हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ ।

अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौं – त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौं ।

त्यसैले अब कसरी जाने , के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरब गरिमालाई पुन ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने वेला आएको छ । अब सोचौं के गर्दा देशको राम्रो हुन्छ – अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।

अब हामी भन्दछौं – मिलऔं, हामी सबै मिलऔं, त्यसैले हामी भन्दछौं – जुटौं, हामी सबै एक भएर जुटौं , त्यसैले हामी भन्दछौं – हामी नफुटौं र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं । त्यसैले फेरी पनि भन्छौं जुटौं, खटौं र डटौं, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ती एक साथ अघि बढौं ।

सबैमा फेरि एकपटक हाम्रो धन्यवाद
जय नेपाल
वीरेन्द्रनगर मिति २०८० साल ज्येष्ठ १३ गते