• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अहमदाबादमा वर्षाका कारण खेल रद्द भयो भने के हुन्छ ?



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स क्वालिफायर २ मा आमनेसामने हुँदैछन् । अहिलेसम्म दुवै टोली तीन पटक आमनेसामने भएका छन् । मुम्बईले तीनमध्ये दुई खेल जितेको छ भने गुजरातले एउटा मात्र जितेको छ । यद्यपि, मौसम चिन्ताको विषय बनेको छ ।अहमदाबादमा वर्षा भयो भने, गुजरातलाई फाइदा हुन सक्छ ।

पानी परेमा अतिरिक्त समय राखिन्छ । वर्षा रोकिनका लागि लामो पर्खाइ गरिनेछ । कम्तिमा पाँच–पाँच ओभरको खेल हुनुपर्ने निर्णय छ । त्यसपछि पनि वर्षा रोकिएन भने खेलको अवस्था सकिनै लाग्दा पानी रोकिएपछि सुपरओभर अर्थात एक ओभरको खेलबाट नतिजा निकाल्ने प्रयास गरिन्छ । प्लेअफ खेलहरूको लागि कुनै पनि रिजर्भ डे राखिएको छैन । यस्तो अवस्थामा खेलको नतिजाको निर्णय सोही दिन हुने निश्चित छ ।

खेल हुन नसकेमा लिग राउण्डमा दुवै टोलीको स्थानले विजेताको टुंगो लगाउने छ । अर्थात् लिग राउण्डमा कुन टोली कुन स्थानमा थियो त्यसबाट नै विजेता तय गरिनेछ । शीर्षमा रहेको टोलीलाई विजेता घोषित गरिन्छ र त्यो टोली अर्को राउन्डमा पुग्छ । अर्थात् यसमा गुजरातलाई फाइदा हुनेछ, किनभने उ अंक तालिकाको शीर्ष स्थानमा थियो । मुम्बई इन्डियन्स भने अंक तालिकाको चौथो स्थानमा रहेको थियो । तसर्थ अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरातलाई फाइनल पुग्न फाइदा हुनेछ ।

अहमदाबादमा आज पानी पर्ने सम्भावना कम छ । मौसम सफा रहने र खेलको सुन्दर अवस्थाको अपेक्षा गरिएको छ । मौसम विभागको अनुमान छ कि मे २६ (शुक्रबार) अहमदाबादमा दिनको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र रातको न्यूनतम तापक्रम २९ डिग्री सेल्सियस हुनेछ । आकाश दिन र रात दुवै समय सफा हुनेछ ।

दिनमा २३ प्रतिशत र राति १६ प्रतिशत पानी पर्ने सम्भावना छ । यस्तो अवस्थामा वर्षाले खेलमा केही प्रभाव पार्न सक्छ । यद्यपि, आज अहमदाबादको अवस्था खेलका लागि उपयुक्त हुनेछ भन्न सकिन्छ ।