९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आईपीएलको १५ वर्षमा पहिलो पटक ९ रेकर्डहरु बने

आईपीएलको १५ वर्षमा पहिलो पटक ९ रेकर्डहरु बने
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रेकर्ड ब्रेकर सावित भएको छ । यस सिजनमा यस्ता नौ कीर्तिमान बनेका छन्, जुन १५ वर्षको लिगको इतिहासमा पहिलो पटक बनेका छन् ।

१. ९ खेलमा एक मात्र प्लेइङ–१२ (प्लेइङ–११ र इम्प्याक्ट प्लेयर) साथ उत्रियो चेन्नई सुपर किंग्सको टोली
एजेन्सी । यो सिजन चेन्नईले लिग चरणमा १४ खेल खेलेको छ र एउटा प्लेअफ खेल पनि खेलेको छ । यीमध्ये ९ खेलहरूमा, चेन्नई केवल एक प्लेइङ–१२ (प्लेइङ–११ र इम्प्याक्ट प्लेयर) साथ मैदानमा उत्रिएको थियो । गुजरात टाइटन्सले यो सिजन १४ मध्ये ४ खेलमा कुनै परिवर्तन गरेको छैन । १० मध्ये पाँच टोली यस्तो थिए कि उनीहरूले प्लेइङ–१२ मा हरेक पटक परिवर्तन गरेको देखियो ।

यस सिजनबाट नै इम्प्याक्ट प्लेयरको सुरुवात गरिएको छ । त्यसैले यो रेकर्ड बन्न बाध्य थियो । लिग चरणका १४ मध्ये ९ खेलमा टिम कम्बिनेशन परिवर्तन नगर्नु चेन्नईको उत्कृष्ट योजना हो ।

२. एकै दिनमा चार पटक २०० माथि स्कोर गरियो
आईपीएल २०२३ मा, ३० अप्रिलमा डबल हेडर (२ खेलहरु) खेलहरू खेलिएका थिए । यी खेलका चारै पारीमा २००ं माथि स्कोर (कुल ८२७ रन) बनाइयो । आईपीएलको इतिहासमा पहिलो पटक एकै दिनमा चार पटक २०० माथिको स्कोर बन्यो । यी खेलहरू चेन्नई विरुद्ध पञ्जाब र राजस्थान विरुद्ध मुम्बई थिए ।

३. पञ्जावले लगातार चार पटक २०० भन्दा बढी रन बनायो
पञ्जाब आईपीएल २०२३ को लिग चरणबाट बाहिरिएको भए पनि टोलीले आफ्नो नाममा विशेष कीर्तिमान बनाएको छ । पञ्जावले लगातार चार खेलमा २०० माथिको रन बनायो । पञ्जाव किंग्स लिगको इतिहासमा यस्तो गर्ने पहिलो टोली बनेको छ । पञ्जावले मे ३ मा मुम्बई इन्डियन्स विरुद्ध २१४ रन बनाएको थियो, जसलाई मुम्बईले ७ बल बाँकी राखेर पछ्यायो । यो खेलअघि दुवै टोलीले तीन–तीन खेलमा २००ं रन बनाएका थिए ।

यसअघि आईपीएलमा कुनै पनि टोलीले ब्याटिङमा यस्तो गर्न सकेको थिएन । पञ्जावपछि मुम्बईले अर्को इनिङ्समा पनि यो उपलब्धि दोहोर्‍यायो । एमआई लिगमा यस्तो गर्ने दोस्रो टोली बनेको छ ।

४. पञ्जावले अन्तिम बलमा तीन रन बनाएर कीर्तिमान बनायो
आईपीएल २०२३ को ४१ औं खेल चेपौक स्टेडियममा चेन्नई र पञ्जावबिच खेलिएको थियो । टस जितेर ब्याटिङ गरेको चेन्नईले २०० रन बनाएको थियो भने पञ्जावले २०१ रनको लक्ष्य दिएको थियो । यस खेलमा पन्जावले अन्तिम बलमा तीन रन जोडेर जित हासिल गरेको थियो । टोलीका अलराउन्डर सिकन्दर रजाले अन्तिम बलमा तीन रन बनाए । आईपीएलको इतिहासमा यो पहिलो पटक भएको हो जब कुनै टोलीले अन्तिम बलमा तीन रन बनाएर जित्यो ।

५. मात्र ७ बल खेलेर प्लेयर अफ द म्याच बने फिलिप्स
सिजनको ५२औँ खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच मे ७ मा जयपुरमा भएको थियो । हैदरावादले राजस्थानविरुद्धको जितमा ग्लेन फिलिप्सले प्लेयर अफ द म्याचको अवार्ड जित्न सात बल मात्र खेलेका थिए । उनले २५ रन बनाए । यसअघि आईपीएलमा यति थोरै बल खेलेर कुनै खेलाडी प्लेयर अफ द म्याच बनेका थिएनन् ।

६. २३ ब्याट्सम्यानले छक्का लगाएर आफ्नो पारी सुरु गरे
यस आईपीएलमा पञ्जावका ब्याट्सम्यान शाहरुख खानले पहिलो बलमा ३ पटक छक्का प्रहार गरेका थिए । जितेश शर्माले यो उपलब्धि दुई पटक गरे । निकोलस पूरन र यशस्वी जैसवालले सिजनको पहिलो बलमा दुई पटक छक्का प्रहार गरेका थिए । यस सिजनमा जम्मा २३ ब्याट्सम्यानले छक्का लगाएर आफ्नो पारी सुरु गरेका थिए । जुन आईपीएलको कुनै पनि सिजनको सबैभन्दा ठूलो अंक हो ।

७. इतिहासमा पहिलो पटक १२० पटक बाउन्ड्रीको ह्याट्रिक लाग्यो
आईपीएल २०२३ मा १२० पटक बाउन्ड्री (चौका–छक्का) को ह्याट्रिक भएको छ । बल लगातार तीन वा सोभन्दा बढी पटक बाउन्ड्री रेखाभन्दा बाहिर गएको यो अहिलेसम्मकै उच्च अंक हो । सन् २०२२ को सिजनमा १०२ पटक ब्याट्सम्यानले लगातार तीन वा सोभन्दा बढी बलमा बाउन्ड्री प्रहार गरेका थिए ।

यशस्वी जैसवाल र सूर्यकुमार यादवले यो सिजन सात पटक यस्तो उपलब्धि हासिल गरेका छन् । निकोलस पूरनले ६ पटक यस्तो गरेका छन् । गुजरातविरुद्धको आफ्नो अविजित १०१ रनको क्रममा विराट कोहलीले यश दयाललाई लगातार तीन चौका प्रहार गरे । आईपीएलका चार सिजनमा कोहलीले तीनवटा ब्याक टू ब्याक बाउन्ड्री प्रहार गरेको यो पहिलो पटक हो ।

८. यो सिजनको ४० अर्धशतक २५ बल वा सोभन्दा कममा आयो
यस सिजनमा २५ बल वा सोभन्दा कममा ४० अर्धशतक बनेका छन् । यी ४० अर्धशतक २८ ब्याट्सम्यानले बनाएका छन् । यसअघि यस मामिलामा पहिलो नम्बरमा २०१८ को सिजन थियो, जहाँ १९ पटक २५ या त्योभन्दा कममा अर्धशतक बनेको थियो । त्यो सिजन १६ ब्याट्सम्यानले २५ वा सोभन्दा कम बलमा ५० रन बनाएका थिए ।

९. चेन्नईका बलरले एक इनिङमा १३६ बल फ्याँके, जुन लिग इतिहासकै सबैभन्दा लामो इनिङ्स
चेपौक स्टेडियममा ३ अप्रिलमा लखनउ सुपरजायन्ट्सविरुद्ध खेलिएको खेलमा चेन्नईका बलरहरूले कुल १३६ बल फ्याँके । एउटा टोलीले खेलको एक इनिङमा १२० बल बलिङ गर्नुपर्ने हुन्छ, त्योभन्दा १६ बल बढी भयो । आईपीएलको इतिहासमा बलको हिसाबले यो सबैभन्दा लामो इनिङ्स हो । यस खेलमा चेन्नईका बलरले १३ वाइड र तीन नो बल गरेका थिए ।