२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट माग्न सिंहदरबार आएको सुदुरपश्चिमको टोलीले आज प्रधानमन्त्री भेट्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बजेट माग्न सिंहदरबार आएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले हिजो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग भेट गरी आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरेको थियो ।

मुख्यमन्त्री शाह, प्रमुख प्रतिपक्षी दलका नेताका साथै मन्त्रीहरुसहितको टोली काठमाडौँ आइपुगेको हो । उक्त टोलीले आज विहान प्रधानमन्त्री दाहाललाई उहाँकै निवास बालुवाटारमा भेट्ने भएको हो ।

टोलीले हिजो अर्थमन्त्री प्रकाशशरण महतसमेतलाई भेट गरी बजेटमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको थियो । टोलीले आज प्रधानमन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालाई पनि भेट गर्ने कार्यक्रम छ ।

संघीय सरकारको आँखामा सुदूरपश्चिम पछाडि पारिएको र स्रोत बाँडफाँटमा बहिष्करणमा नै पारिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल यहाँ आइपुगेको हो । टोलीमा मुख्यमन्त्री शाह, प्रमुखप्रतिपक्षी दलका नेता राजेन्द्रबहादुर रावल, सभामुख भीमबहादुर भण्डारीका साथै मन्त्रीहरु हुनुहुन्छ ।




भर्खरै