९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बलियो गुजरातः गिल एक्लैको ६८० रन, शामी–राशिद सर्वाधिक विकेट लिने खेलाडी

बलियो गुजरातः गिल एक्लैको ६८० रन, शामी–राशिद सर्वाधिक विकेट लिने खेलाडी
अ अ+ अ-

एजेन्सी । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले मंगलबार चेन्नई सुपर किंग्ससँग आईपीएल–२०२३ को क्वालिफायर–१ खेल्दैछ । साँझ ७ः४५ बजेदेखि चेपौक स्टेडियममा हार्दिक पाण्ड्यासामु आफ्ना गुरु महेन्द्र सिंह धोनीलाई हराउने चुनौती हुनेछ । यदि गुजरातले चेन्नईलाई हराउन सफल भयो भने, टोलीले लगातार दोस्रो वर्ष लिग चरणको फाइनलमा स्थान बनाउनेछ ।

गत सिजन जस्तै यस पटक पनि गुजरात अंक तालिकाको शीर्ष स्थानमा रह्यो । टोलीले १४ खेलहरू मध्ये १० जित्यो र ४ खेल मात्र हार्यो । घरेलु मैदानमा गुजरातले ३ खेल हारे पनि ६ अवे खेल जितेको थियो । मुम्बईको घरेलु मैदानमा मात्र टोलीले जित हात पार्न सकेन ।

गिलको लगातार दुई शतक, अन्य ५ ब्याट्सम्यानको पनि २००ं रनमाथि स्कोर

डिफेन्डिङ च्याम्पियनसँग शीर्ष क्रममा शुभमन गिल, ऋद्धिमान साहा र विजय शंकर जस्ता ब्याट्सम्यान छन् जो राम्रो लयमा छन् । योसँगै हार्दिक पाण्ड्या, राहुल तेवाटिया, डेभिड मिलर र राशिद खानले मध्यक्रमलाई विस्फोटक बनाएका छन् । मिडल अर्डरमा यी ४ फिनिशर भएकाले टोलीसँग कुनै पनि ओभरमा आफ्नो स्कोरिङ दर बढाउन सक्ने क्षमता छ ।

ब्याटिङ लाइनअपको शीर्ष स्थानमा रहेका शुभमन गिलले लगातार दुई शतक प्रहार गरेका छन् । उनको नाममा ६८० रन छ । गिल चालू सिजनको सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । अर्कोतर्फ, गिल प्लेअफ टोलीमा शीर्ष स्थानमा छन् ।

टोलीका बाँकी ब्याट्सम्यान कप्तान हार्दिक पाण्ड्या (२८९ रन), विजय शंकर (२८७ रन), ऋद्धिमान साहा (२८७ रन), डेभिड मिलर (२५५ रन) र साई सुदर्शन (२२३ रन) ले पनि २०० भन्दा बढी रन बनाएका छन् । यस्तो अवस्थामा गुजरातको ब्याटिङ लाइनअपमा कुनै पनि बलिङ युनिटलाई ध्वस्त पार्ने क्षमता छ ।

शामी–राशिद सिजनका सर्वाधिक विकेट लिने खेलाडी

गुजरातसँग मोहम्मद शामी र मोहित शर्माजस्ता तेज बलर र राशिद खान र नूर अहमद जस्ता लेग स्पिनरहरू पनि छन् । यश दयालका रुपमा बायाँ हाते तेज गेंदबाज पनि छन् । यी बाहेक, टीममा हार्दिक पाण्ड्या, विजय शंकर, राहुल तेवाटिया र दासुन शनाकाको रूपमा ४ फरक बलिङ विकल्पहरू पनि उपलब्ध छन्, जसलाई गुजरातले केही अवसरहरूमा प्रयोग गर्यो ।

शामी र राशिद सिजनका सर्वाधिक विकेट लिने खेलाडी हुन् । दुवैले २४–२४ विकेट लिएका छन् । यो सिजन पावरप्लेमा शामीले सर्वाधिक १५ विकेट लिएका छन् । योसँगै राशिदले ७ देखि १५ ओभरमा समान संख्यामा विकेट लिएका छन् । साथै मोहितले १७ र नूर अहमदले १३ विकेट लिएका छन् ।

चेन्नईविरुद्ध गुजरात अपराजित छ । अर्थात् धोनीको टोलीले अहिलेसम्म गुजरातलाई हराउन सकेको छैन । यी दुईबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । जसमा तीनवटै खेल गुजरातले जितेको छ । टोलीले गत सिजन २ खेल र यो सिजन १ खेल जितेको थियो । यस्तो अवस्थामा तथ्यांकहरू गुजरातको पक्षमा छन् । हेड टु हेड बाहेक, गुजरातको वर्तमान प्रदर्शनले पनि टोलीलाई आजको खेलमा बलियो दाबी पेश गरेको छ ।

सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), शुभमन गिल, साई सुदर्शनरशिवम मावी, डेभिड मिलर, राहुल तेवाटिया, मोहित शर्मा, राशिद खान, नूर अहमद, यश दयाल र मोहम्मद शामी ।

इम्प्याक्ट प्लेयरः विजय शंकर, दासुन शनाका, शिवम मावी, अल्जारी जोसेफ र अभिनव मनोहर ।