२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश खेलकुद प्रतियोगिता: नुवाकोटको विजयी सुरुवात



अ+ अ-

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तरगत नुवाकोट जिल्लाले विजयी सुरुवात गरेको छ ।

आज हेटौंडाको क्याम्पा रंगशालामा नुवाकोट र सिन्धुपाल्चोकबीच भएको खेलमा ३–१ गोल अन्तरले सिन्धुपाल्चोकलाई पराजित गर्दै नुवाकोट जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।

नुवाकोटलाई अजय वाइबा,सन्तोष थापा,आकाश राना मगरले एकएक गरेका थिए र सिन्धुपाल्चोकको दीपक लामाले लागि एकमात्र सान्त्वना गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गोल गरेका नुवाकोट जिल्लाका सन्तोष थापा म्यानअफ द म्याच घोषित भए । आज दुईवटा खेल हुनेछन् । पहिलो खेल ललितपुर र सिन्धुलीबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र रामेछापबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।

प्रतियोगितामा कुल १३ जिल्लाको सहभागिता रहेको फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो । पुरुष फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण हेटौडा स्पोर्टस् ड टकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।