९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गिलको शतक बैंगलोरका लागि घातक, मुम्बई प्लेअफमा पुग्दा बैंगलोर बाहिरियो

गिलको शतक बैंगलोरका लागि घातक, मुम्बई प्लेअफमा पुग्दा बैंगलोर बाहिरियो
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को पहिलो खेलमा चेन्नईलाई हराएको गुजरात टाइटन्सले अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको आरसीबीले पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफमा गुजरातले १९.१ ओभरमा चार विकेट गुमाएर १९८ रन बनायो र खेल जित्यो । बैंगलोरका लागि विराट कोहलीले अविजित १०१ रन बनाए । त्यस्तै गुजरातका लागि शुभमन गिलले अविजित १०४ रन बनाए ।

आईपीएल २०२३ मा आरसीबीको यात्रा गुजरातसँगको हारसँगै समाप्त भयो । अब एलिमिनेटर खेलमा लखनउले मुम्बईको सामना गर्नेछ । त्यस्तै, पहिलो क्वालिफायरमा गुजरातले चेन्नईको सामना गर्नेछ । प्लेअफमा चौथो स्थानमा पुग्न आरसीबीले जुनसुकै हालतमा यो खेल जित्नुपर्ने थियो तर कोहलीको टोली त्यसो गर्न सकेन र प्लेअफबाट बाहिरियो ।

वर्षाका कारण टस ४५ मिनेट ढिलो भएको थियो । खेल निर्धारित समय पौने ८ बजेभन्दा ५५ मिनेट ढिलो सुरु भएपनि खेलमा एक ओभर पनि घटाएन । गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । कोहली र डुप्लेसिसले सावधानीपूर्वक सुरुआत गरे किनभने पिचले वर्षाका कारण फास्ट बलरहरूलाई मद्दत गर्यो र दुबैले दुई ओभरमा १० रन बनाए । डु प्लेसिसले तेस्रो ओभरमा शमीलाई निशाना बनाए र आफ्नो ओभरमा चार चौका प्रहार गर्दै रनरेटलाई तीव्र पारे ।

उनको ओभरमा १६ रन आयो । त्यसपछि अर्को ओभरमा कोहलीले यशको पहिलो तीन बलमा लेग साइडमा चौका प्रहार गर्दै हात खोलेका थिए । त्यसपछि ओभरको अन्तिम बलमा डु प्लेसिसले चौका प्रहार गरे । यद्यपि राशिद खानले पाँचौं ओभरमा १० रन दिए भने छैठौं ओभरमा नूर अहमदले ९ रन दिए । पावरप्लेको पहिलो ६ ओभरमा दुवैले ६२ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ रोजेपछि आरसीबीले राम्रो सुरुवात गरेको थियो । उत्कृष्ट लयमा रहेका विराट कोहली र फाफ डुप्लेसिसले पहिलो ओभरदेखि नै राम्रो गतिमा रन बनाउन थाले । पावरप्लेमा यी दुईले मिलेर ६२ रन बनाएका थिए । यसपछि डुप्लेसिस २८ रन बनाएर नूर अहमदको शिकार बने तर कोहली अडिग रहे ।

प्लेसिसपछि म्याक्सवेल पनि ५ बलमा ११ रन बनाएर रासिद खानबाट आउट भएका थिए । लोमरर एक रन बनाएर हिँडे र आरसीबीको स्कोर ८५/३ थियो । यसपछि माइकल ब्रेसवेलले कोहलीसँग ४७ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । यसै क्रममा कोहलीले आफ्नो अर्धशतक पनि पुरा गरे ।

मोहम्मद शामीले २६ रनको व्यक्तिगत स्कोरमा ब्रेसवेललाई आउट गरेका थिए । यसपछि दिनेश कार्तिक पहिलो बलमै आउट भए । अन्तमा विराट कोहलीले अनुज रावतसँगको अविजित ६४ रनको साझेदारी गर्दै आरसीबीको स्कोर पाँच विकेटमा १९७ रनमा पुर्याए । अनुजले १५ बलमा अविजित २३ रन बनाए । गुजरातका लागि नूर अहमदले दुई विकेट लिए । मोहम्मद शामी, यश दयाल र राशिद खानले एक–एक विकेट लिए ।

यो खेलमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै ६१ बलमा १०१ रनको अविजित इनिङ खेले । उनले १३ चौका र एक छक्का प्रहार गरे । आईपीएलमा विराटको यो सातौं शतक हो । योसँगै उनले आईपीएलमा सर्वाधिक शतक बनाउनेमा क्रिस गेललाई पछि पारेका छन् । विराटले लगातार दोस्रो इनिङ्समा शतक बनाए र यस्तो गर्ने तेस्रो ब्याट्सम्यान बने । यसअघि २०२० मा शिखर धवन र २०२२ मा जोस बटलरले यस्तो गरेका थिए ।

१९८ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात खासै केही रहेन । ऋद्धिमान साहा १४ बलमा १२ रन बनाएर आउट भए । यसपछि विजय शंकरले गिलसँग मिलेर गुजरातको इनिङ्सलाई सम्हाले र टिम पावरप्लेमा ५१ रन बनाउन सफल भयो । विजय शंकर र शुभमन गिलबीचको दोस्रो विकेटका लागि १२३ रनको साझेदारीले गुजरातको टोलीलाई खेलमा फर्कायो । विजय शंकर ३५ बलमा ५३ रन बनाएर आउट भए । यसपछि दासुन शनाका पनि खाता नखोली नै पेभिलियन फर्किए । डेभिड मिलरले पनि चार रन मात्र बनाउन सके ।

गुजरातले २३ रनमा तीन विकेट गुमाएको थियो र यो टोलीले खेल हार्न सक्छ भन्ने लाग्थ्यो तर गिलको योजना अर्कै थियो । उनी एक छेउमा अडिग रहे र तीव्र गतिमा रन बनाए । उनले २० औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे र टोलीलाई जित दिलाए । गिलले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गर्दै अविजित १०४ रन बनाए । आरसीबीका लागि मोहम्मद सिराजले दुई विकेट लिए । विजयकुमार र हर्षलले एक–एक विकेट लिए ।