२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छे भन्दा पुत्ला बढी भएको विश्वकै अनौठो गाउँ



अ+ अ-

एजेन्सी । संसारमा धेरै अनौठा गाउँहरू छन् । यी गाउँको बारेमा थाहा पाएर मानिसहरु अचम्ममा पर्दछन् । गाउँमा विभिन्न किसिमका मानिस र जनावरहरु पाइन्छ । अनौठो चीजहरू धेरै गाउँहरूमा देखिन्छन्, तर संसारमा एउटा यस्तो गाउँ छ, जहाँ मानिस भन्दा धेरै पुत्लाहरू देखिन्छन् । यो गाउँमा जाँदा सुरुमा त डर लाग्छ । यो गाउँमा जताततै पुत्ला देख्न पाइन्छ ।

विश्वको यो अनौठो गाउँ जापानको शिकोकु टापुमा अवस्थित छ जसको नाम नागोरो हो । यो गाउँलाई पुत्लाको गाउँ पनि भनिन्छ । यहाँ पुत्लालाई स्थानीय भाषामा स्केरेक्रो भनिन्छ । यहाँ आउने पर्यटकहरु राति धेरै पटक पुत्ला देखेर डराउँछन् । सबैभन्दा अचम्मको कुरा यो गाउँमा ३० जना मात्रै बस्छन् । तर, त्यहाँ ३०० पुत्ला छन् ।

यस गाउँका पसलहरूमा, बस स्टपहरूमा र अन्य ठाउँहरूमा ग्राहकहरूले मान्छे देख्न या नदेखिन पनि सक्छन्, तर तपाईंले पुत्लाहरू अवश्य देख्नुहुनेछ । यो गाउँ पुत्लाको गाउँ बन्ने कथा निकै पुरानो र रोचक छ ।

पुत्लाको गाउँ बन्ने कथा १० वर्षअघि मात्र सुरु भएको थियो । त्यसबेला एउटी महिलाले विद्यालयमा राख्नको लागि पुत्ला बनाएकी थिइन् । कुनै समय यो गाउँमा ठूलो संख्यामा मानिसहरु बसोबास गर्दथे तर कामको खोजीमा मानिसहरु बिस्तारै जान थालेको बताइएको छ ।

यसरी यो गाउँ केही बेरमै खाली भयो र थोरै मानिस मात्र बाँकी रह्यो । यस गाउँका मानिसहरूले एक्लोपन हटाउन यो तरिका फेला पारे । जसका कारण पुरै गाउँमा पुत्ला लगाइयो ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यी पुत्लाहरू हारु गाउँकी एक वृद्धाले बनाएकी हुन् । महिलाको उमेर ७० वर्ष नाघेको छ । गाउँको उजाड हटाउन यो काम गरेको वृद्धा बताउँछिन् । भनिन्छ, जब कोही एक्लोपन महसुस गर्छ, तब मानिस पुत्लासँग कुरा गर्न थाल्छ ।




भर्खरै