• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने

‘यात्री’ दर्तामा फेरि समस्या भयो– गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको बताउनुभयो ।

“विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो। दर्ता भयो। सरकारको तारिफ पनि भयो। तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ, उहाँले भन्नुभयो, “सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।”

पहिले कानून नहुँदा यात्रीको दर्ता नभएको उल्लेख गर्दै सांसद थापाले भन्नुभयो, “पहिले कानून थिएन। दर्ता भएन। अहिले कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ ।”

सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने भन्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन किन्ने र उपभोग बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतसाथ काम गरिरहेको उद्यमीलाई निरूसाहित हुन नदियोस्। आफ्नो नीतिको लाज राखोस्, सरकारको ध्यानाकर्षण गराउँछु ।”