९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘नम्बर १८’ सँग ‘किंग कोहली’को कस्तो अचम्मको कनेक्शन

‘नम्बर १८’ सँग ‘किंग कोहली’को कस्तो अचम्मको कनेक्शन
अ अ+ अ-

एजेन्सी । विराट कोहलीले बिहीबार सनराइजर्स हैदरावादविरुद्ध शतक प्रहार गर्दै इतिहास रचेका छन् । उनी आईपीएलमा सर्वाधिक शतक बनाउने भारतीय खेलाडी बनेका छन् । योसँगै कोहलीले क्रिस गेलको आर्इपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरेका छन् ।

कोहलीका लागि ‘१८’ नम्बर निकै विशेष रहेको छ । १८ मे अर्थात बिहीबार उनले हैदरावादविरुद्ध शतक प्रहार गरेका थिए । यसअघि पनि १८ मेमा नै उनले आईपीएलमा शतक बनाएका थिए । यति मात्र होइन, कोहलीको जर्सी नम्बर पनि ‘१८’ हो । यस बाहेक उनको जीवनमा यो संख्यासँग अन्य धेरै कुरा जोडिएका छन् । यसको बारेमा कोहली आफैंले बताए ।

कोहलीले एक कार्यक्रममा खुलासा गरे कि सुरुमा १८ उनलाई दिइएको संख्या मात्र थियो, तर वर्षौंको अवधिमा यो संख्याले उनको जीवनसँग ‘लक्की कनेक्शन’ बनाएको छ ।

कोहलीले भने–इमानदारीपूर्वक भन्नुपर्दा, १८ एक नम्बरको रूपमा सुरु भयो जुन मलाई दिइएको थियो जब मैले पहिलो पटक मेरो नाम र नम्बर भएको भारत यू–१९ जर्सी देखेँ । तर यो मेरो जीवनमा धेरै महत्त्वपूर्ण नम्बर भयो । मैले भारतका लागि १८ अगस्ट (२००८) मा डेब्यु गरेँ । मेरो बुबा पनि डिसेम्बर १८, २००६ मा बित्नुभयो । मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दुई क्षणहरू १८ मा भयो । यसअघि नै नम्बर पाएको भए पनि यो नम्बर र यो मितिमा केही सम्बन्ध छ जस्तो लाग्छ ।’