२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता आयुष्मान खुरानाका बुबाको निधन



अ+ अ-

एजेन्सी । बलिउड स्टार आयुष्मान खुरानाका पिता पी खुरानाको शुक्रबार मोहालीको एक निजी अस्पतालमा निधन भएको छ ।

मुटुमा समस्या देखिएपछि उनलाई दुई दिनअघि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार दिउँसो उनको शव मोहालीबाट हरियाणाको पञ्चकुलास्थित सेक्टर ६ स्थित उनको घरमा ल्याइएको थियो ।

उनको साँझ मणिमाजरास्थित शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । आयुष्मान खुरानाका बुवाको मृत्युको खबर पाएलगत्तै घरबाहिर मानिसहरुको भीड जम्मा भएको थियो । उनका आफन्त पनि यहाँ पुगेका थिए । साँझ ५ बजे अन्तिम दर्शनपछि उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि चण्डीगढस्थित मणिमाजरा श्मशान स्थलमा लगिएको थियो ।

आयुष्मान खुरानाका पिता पी खुराना एक प्रसिद्ध ज्योतिषी थिए । आयुष्मान खुराना र उनका भाइ अपारशक्ति खुराना बुवाको अन्त्येष्टिमा पुगेका छन् । दुबैले बुबाको मृत शरीरलाई काँध दिए ।