२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शतक हानेका कोहलीले खेल सकिनेबित्तिकै पत्नी अनुष्कालाई भिडियो कल गरेपछि…



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा बिहीबार रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो । हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै १०४ रनको इनिङ खेले ।

जवाफमा बैंग्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विराट कोहलीले ६३ बलमा १२ चौका र चार छक्का प्रहार गर्दै १०० रनको इनिङ खेले । यो म्याच जित्ने इनिङ्सपछि कोहलीले आफ्नो जीवनमा सबैभन्दा विशेष मान्ने मान्छेलाई फोन गरे ।

खेल सकिएपछि कोहलीले मैदानबाट श्रीमती अनुष्का शर्मालाई भिडियो कल गरे । उनीसँग लामो समय कुरा गरे । यी दुईबीचको कुराकानीका धेरै तस्विरहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा फ्यानहरूले पनि यो स्टार जोडी र यो क्षणको धेरै तारिफ गरिरहेका छन् ।

भिडियो कलको तस्बिर सेयर गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्– ‘म्याचको सबैभन्दा सुन्दर क्षण ।’ लामो समयपछि आईपीएलमा शतक बनाएपछि विराटले अनुष्काको अगाडि आफ्नो खुशी व्यक्त गरिरहेका थिए । अर्को प्रयोगकर्ताले यसमा लेखेका छन्– ‘किंग कोहली, अनुष्कालाई तिमीमा गर्व हुनेछ ।’

अनुष्काले इन्स्टाग्राममा कोहलीको लागि एउटा स्टोरी पनि पोस्ट गरेकी छिन् । यसमा उनले कोहलीको छैटौं आईपीएल शतकका केही झलकहरू सेयर गरेकी छन् । यसको क्याप्शनमा अनुष्काले कोहलीको इनिङ्सलाई धमाकाको रूपमा वर्णन गरेकी छिन् । उनले लेखेकी छन्– ‘यो कस्तो विशेष इनिङ्स थियो !’

बिहीबार हैदरावादविरुद्धको खेलमा अनुष्का रंगशालामा देखिएनन् । यसअघि उनी लगभग हरेक खेलमा कोहली र आरसीबीलाई समर्थन गर्न स्टेडियम पुगेकी थिइन् । कोहली र अनुष्काले २०१७ मा विवाह गरेका थिए र त्यसपछि दुवैले हरेक कठिन समयमा एकअर्काको साथ दिँदै आएका छन् ।

कोहलीको यो आईपीएलमा छैटौं शतक हो । उनले आईपीएलमा सर्वाधिक शतक बनाउने क्रिस गेलको रेकर्ड बराबरी गरेका छन् । गेल र कोहलीको समान ६–६ शतक भएको छ ।