९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कोहलीको शतकीय पारीमा बैंगलोरले हैदरावादलाई हरायो, प्लेअफको सम्भावना जिवितै

कोहलीको शतकीय पारीमा बैंगलोरले हैदरावादलाई हरायो, प्लेअफको सम्भावना जिवितै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ६५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको हैदरावादले पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो ।

जवाफमा आरसीबीले १९.२ ओभरमा दुई विकेट गुमाएर १८७ रन बनायो र खेल जित्यो । दिग्गज ब्याट्सम्यान विराट कोहली आईपीएलमा छैटौं शतक प्रहार गर्दै आरसीबीका लागि आफ्नो फर्ममा फर्किएका छन् । उनलाई फाफ डुप्लेसिसले राम्रो साथ दिए । दुवैले पहिलो विकेटका लागि १७२ रनको साझेदारी गरे ।

यी दुईको साझेदारीले रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले एकतर्फी जित दिलायो । योसँगै आरसीबीको प्लेअफमा पुग्ने आशा जीवितै छ भने हैदरावाद भने दौडबाट बाहिर भइसकेको छ ।

आरसीबीले प्लेअफमा पुग्न आफ्नो अन्तिम खेल जित्नुपर्नेछ र रन रेटको आधारमा मुम्बई भन्दा अगाडि रहनु पर्नेछ । दुवै टोलीले लिगमा एक–एक खेल खेल्नुपर्नेछ । हाल मुम्बईको रन रेट ०.१२८ र आरसीबीको रन रेट ०.१८० छ ।

हेनरिक क्लासेनको ५१ बलमा १०४ रनको शतकीय पारीमा हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । उनले आठ चौका र छ छक्का प्रहार गरे । बैंगलोरका लागि माइकल ब्रेसवेलले दुई विकेट लिए । जवाफमा कोहली र फाफले लक्ष्यलाई सहज बनाएका थिए । दुवैले टोलीको नेट रनरेट सुधार गर्न द्रुत रन बनाए र चार बल बाँकी रहँदा जित हासिल गरे ।

रोयल च्यालेन्जर्स बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । बैंगलोरका बलरहरूले हैदरावादको २८ रनमा दुई विकेट खसालेका थिए । तर उनले क्लासेनलाई शतक खेल्नबाट रोक्न सकेनन् । क्लासेनले मार्करामसँग तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरे । त्यसपछि उनले ह्यारी ब्रुकसँग चौथो विकेटका लागि ३६ बलमा ७४ रनको साझेदारी गरे । हैदरावादका तीन शीर्ष क्रमका ब्याट्सम्यान अभिषेक शर्मा (११), राहुल त्रिपाठी (१५) र एडेन मार्कराम (१८)ले ४६ बलमा ४४ रन बनाउन सके । क्लासेन गैर–ओपनरको रूपमा शतक प्रहार गर्ने पहिलो हैदरावादका खेलाडी हुन् ।

क्लासेनले आईपीएलमा आफ्नो पहिलो शतक ४९ बलमा बनाएका थिए । उनले आफ्नो १०४ रनको पारीमा ५१ बल सामना गरे जसमा आठ चौका र छ छक्का समावेश थियो । उनले १९ औं ओभरमा हर्षललाई छक्का प्रहार गर्दै शतक पूरा गरे । तर, उनी सोही ओभरमा बोल्ड भए । आईपीएलको जारी सिजनमा यो सातौं शतक हो । बैंगलोरका लागि माइकल ब्रेसवेलले २ विकेट लिए । हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको आरसीबी टोलीले कप्तान प्लेसिस र विराट कोहलीले उत्कृष्ट सुरुवात गरेको थियो । उनीहरुले पावरप्लेमा ६४ रन जोडे । त्यसपछि पनि दुवै खेलाडीले तीव्र गतिमा रन बनाउन थाले । विराटले ३५ बलमा र डुप्लेसिसले ३४ बलमा अर्धशतक पूरा गरे । योसँगै आरसीबीको स्कोर १०० रन पुग्यो । यसपछि विराटले छिटो रन बनाउन थाले र आरसीबीको स्कोर १५० भन्दा माथि पुर्याए ।

कोहलीले ६२ बलमा आफ्नो शतक पूरा गरे पनि अर्को बलमा छक्का प्रहार गर्ने प्रयासमा उनी आउट भए । त्यसको केही समयपछि प्लेसिस पनि ७१ रन बनाएर पेभिलियन फर्किए । तर, त्यतिन्जेल आरसीबीको टोली जितको दौडमा पुगेको थियो । ग्लेन म्याक्सवेलले माइकल ब्रेसवेलसँग मिलेर आफ्नो टोलीलाई जित दिलाए । हैदरावादका लागि भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए ।