१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रधानमन्त्रीको प्रष्टीकरण– क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए आफैँ जेल जान तयार छु

प्रधानमन्त्रीको प्रष्टीकरण– क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए आफैँ जेल जान तयार छु
file
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रश्नोत्तर शृंखलामा उहाँले यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार रहेको घोषणा गर्नुभयो ।

“म बडो जोड दिएर भन्न चाहन्छु, यो आरोपका लागि लगाइएको आरोप मात्र हो”, उहाँले भन्नुभयो, “शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाबकिताबको रेकर्ड राखिएको छ ।”

उनले यो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अडिटबाट टुंगो लगाइसकेको विषय हो । तर, यदि कसैले उजुरी गरेमा आवश्यक छानबिन गरेर दोषी प्रमाणित भए म आफैँ जेल जान तयार छु ।”

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको भन्दै उहाँले राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको उहाँको भनाइ थियो ।

भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै उहाँले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले समेत रुजु गर्नुभएको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडिओबारे प्रश्न गर्दै प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिनुभएको थियो ।