१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

चालु आवको पहिलो नौ महिनामा ६७ अर्ब १९ करोड रकम पढाइका लागि बाहिरियो : प्रधानमन्त्री

चालु आवको पहिलो नौ महिनामा ६७ अर्ब १९ करोड रकम पढाइका लागि बाहिरियो : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा उहाँले पढाइका लागि नेपालीले विदेश जाँदा उक्त रकम बाहिरिएको जानकारी दिनुभयो ।

सांसद न्यौपानेले सरकारी स्कुलमा अभिभावकको विश्वास घट्दै जाँदा निजी विद्यालयको व्यापार बढ्दै गएको तथा स्वदेशमा रोजगारमूलक शिक्षा नहुँदा विद्यार्थी विदेसिँदा कति रकम बाहिरियो भनी प्रश्न गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा रु ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४।२ प्रतिशत वृद्धि हो । यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा रु ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारी शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सबै तहका सरकारहरूले समन्वयमा काम गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ । साथै विद्यालयको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छ,’ उनले भने, ‘शिक्षकको क्षमता विकासका कार्यक्रम संचालनमा रहेका छन् । स्थानीय तह र प्रदेश सरकारसँग प्रवभाकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गरिँदै आएको छ । यस्ता कार्यलाई निरन्तरता दिई थप सुधार गरिने व्यवस्था छ ।”

नेपालमा नै रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन भइरहेको उहाँको भनाइ थियो । “नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरूको सम्भाव्यता अध्ययन कार्य भइरहेको जानकारी गराउन चाहन्छु । मल कारखाना उत्पादन गर्ने कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाउने जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।