९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आईपीएलः लखनउको जितपछि प्लेअफ होड थप रोमाञ्चक, मुम्बईको हारले बैंगलोर र चेन्नईलाई फाइदा

आईपीएलः लखनउको जितपछि प्लेअफ होड थप रोमाञ्चक, मुम्बईको हारले बैंगलोर र चेन्नईलाई फाइदा
अ अ+ अ-

एजेन्सी । मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को ६३औं खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले पराजित गर्यो । यो जितसँगै लखनउ प्लेअफको नजिक पुगेको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स प्लेअफमा पुग्ने एक मात्र टोली रहेको छ । उसको १८ अंक छ । प्लेअफमा पुग्ने अन्य तीन टोलीमध्ये उसलाई कसैले पनि पछि पार्न सक्दैन । दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बाहिरिएका छन् । अब बाँकी तीन स्थानका लागि सात टोली प्रतिस्पर्धामा छन् र लिग चरणका सात खेल मात्र बाँकी छन् ।

चेन्नई सुपर किंग्स


महेन्द्र सिंह धोनीको टोली चेन्नई सुपर किंग्सको १३ खेलमा १५ अंक छ । यदि चेन्नईले मे २० मा आफ्नो अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सलाई हराएमा प्लेअफमा पुग्ने छ । अर्कोतर्फ, यदि उसले हार्यो भने उसको मात्र १५ अंक हुनेछ । यस्तो अवस्थामा चार टोलीले १६ वा सोभन्दा बढी अंक बनाउन सक्ने भएकाले उसको कठिनाइ बढ्नेछ ।

लखनउ सुपरजायन्ट्स


लखनउको पनि १३ खेलमा १५ अंक छ, तर नेट रनरेटमा चेन्नईभन्दा पछाडि छ । उसले मे २० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । यदि उसले जित्यो भने उसको १७ अंक हुनेछ र प्लेअफमा पुग्नेछ । तर, यसका बाबजुद पनि उसको दोस्रो स्थान भने तय भएको छैन । यदि चेन्नईले आफ्नो अन्तिम खेलमा पनि जित्यो भने दुवै टोलीको १७–१७ अंक हुनेछ र त्यसपछि राम्रो नेट रनरेट भएको टोली दोस्रो स्थानमा हुनेछ । अर्कोतर्फ लखनउ कोलकातासँग हार्यो भने कठिनाइ बढ्नेछ ।

चेन्नई, मुम्बई, रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्सले उनलाई पछाडि छोड्ने मौका पाउनेछन् । यस्तो अवस्थामा लखनउको जम्मा १५ अंक छ, त्यसैले यी चारमध्ये दुई टोलीले १६ अंक नल्याउन् भन्ने लखनउ चाहनछ ।

मुम्बई इन्डियन्स


मुम्बई इन्डियन्सको १३ खेलमा १४ अंक छ । यदि उसले आफ्नो अन्तिम लिग खेलमा सनराइजर्स हैदरावादलाई हराएमा उसको १६ अंक हुनेछ । पञ्जाव र आरसीबीले पनि १६ अंक जोड्ने मौका पाउनेछन् । यी परिस्थितिहरूमा नेट रन रेट धेरै महत्त्वपूर्ण हुनेछ । चेन्नई र लखनउले आ–आफ्ना खेल हारे भने जितपछि मुम्बईको बाटो सहज हुनेछ । त्यसपछि उसले चेन्नई र लखनउ (१५–१५) भन्दा बढी अंक प्राप्त गर्नेछ । अर्कोतर्फ, यदि मुम्बईको टोलीले हार्यो भने उसको मात्र १४ अंक हुनेछ र त्यसपछि प्लेअफमा पुग्न निकै कठिन हुनेछ ।

रोयल च्यालेन्जर्स बैंगलोर


आरसीबीको टोलीले राजस्थानमाथि ठूलो जित हात पार्दै अंक तालिकामा ठूलो फड्को मारेको छ । उ पाँचौ स्थानमा पुगेको छ । उनको नेट रनरेट ०.१६६ छ । फाफ डुप्लेसिस र विराट कोहलीको टोलीले आफ्ना बाँकी दुई खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सलाई हराए पनि प्लेअफमा स्थान पक्का हुने छैन । उसले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । एक खेल हारेपछि उसको अवस्था बिग्रन्छ । यसपटक १४ अंकसहित प्लेअफमा पुग्न कठिन देखिन्छ ।

राजस्थान रोयल्स


राजस्थानले १३ खेल खेलेको छ । जसबाट उसले १२ अंकमात्रै जोडेको छ । राजस्थानको नेट रनरेट ०.१४० छ । उसले अन्तिम खेल पञ्जाव किंग्ससँग खेल्दैछ । पञ्जावविरुद्ध जित्यो भने उसको १४ अंक हुनेछ । यस्तो अवस्थामा अन्य टोलीको नतिजा आफ्नो पक्षमा भएमा प्लेअफमा पुग्न सक्छ । गत वर्षको उपविजेता राजस्थानको टोली अब यस आईपीएलमा भाग्यमा भर परेको छ ।

यदि आरसीबी, लखनउ सुपर जायन्ट्स र पञ्जाव किंग्सले आफ्ना दुवै खेल हारे र सनराइजर्सले गुजरात वा मुम्बईसँगको कुनै पनि खेल हारे भने राजस्थानको टोली यस्तो अवस्थामा १४ अंकसहित अगाडि बढ्न सक्छ । यसो भएमा चौथो स्थानका लागि राजस्थान र कोलकाताबीच भिडन्त हुनेछ । त्यसपछि सञ्जु सामसनको टोली राम्रो नेट रनरेटको आधारमा अगाडि बढ्न सक्छ ।

पञ्जाव किंग्स


पञ्जावको १२ खेलबाट १२ अंक छ । उसले दिल्ली क्यापिटल्स र राजस्थान रोयल्ससँग खेल्नुपर्नेछ । १६ वा सोभन्दा बढी अंक प्राप्त गर्न सक्ने ६ टोलीमध्ये पन्जाव छ । यदि उसले दुबै खेल जित्यो भने उसको १६ अंक हुनेछ । तर उसको नेट रनरेट निकै कम छ । पञ्जावले दुवै खेलमा ठूलो जित निकाल्नुपर्छ, नत्र अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ । एक खेल मात्रै हारेमा पनि उसको १४ अंक हुनेछ र त्यसपछि उसले धेरै टोलीको नतिजामा नजर राख्नुपर्नेछ ।

कोलकाता नाइटराइडर्स


कोलकाताको १३ खेलबाट १२ अंक छ । उसले लखनउ सुपरजाइन्ट्ससँग खेल्न बाँकी छ । यदि कोलकाताले त्यो खेल जित्यो भने उसको १४ अंक हुनेछ । यो जितको बावजुद उ सिधै प्लेअफमा पुग्न सक्दैन । सुपर जायन्ट्सलाई हराएपछि कोलकाताले आशा गर्नेछ कि तीन भन्दा बढी टोलीले १४ अंक पार नगरुन् । कोलकाताले त्यसपछि नतिजा र अन्य टोलीको नेट रनरेटमा भर पर्नु पर्नेछ ।

अंकतालिका: