९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति
अ अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै हिजो सोमबार शेर्पा आफँै जिल्ला प्रहरी परिसर काठमाडौँमा पुग्नुभएको थियो । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैँ प्रहरीमा आएपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । उहाँसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस