३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्वराजालाई स्वागत गर्ने, यो प्रेसर कूटनीति हो: रघुजी पन्त

प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्वराजालाई स्वागत गर्ने, यो प्रेसर कूटनीति हो: रघुजी पन्त
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दावी गर्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द शाहलाई भने उत्तरप्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दवाव कूटनीति अवलम्बन गरिरहेको उहाँको आरोप थियो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दवावमा नपर्न पनि सचेत गराउनु भयो ।

उहाँले इतिहासमा कहिल्यै पनि पराधिन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचिमा देशको शीर निहुँर्‍याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा हुन नहुनेतर्फ पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद पन्तले भन्नु भयो, ‘भारतमा नेपालको प्रधानमन्त्रीलाई जान नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोमेसी यो वल्ड डिप्लोमेसीमा चलनचल्तीको शब्द हो । दवावको कूटनीति । के एजेण्डा मेरो पूरा गर्छौ, मेरो एजेण्डा तिम्रो कार्यसूचिमा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा म तिमीलाई स्वागत गर्छु भनेर त्यसका लागि दवाव दिन राजालाई भारतमा स्वागत गरियो ।

म भन्छु सभामुख महोदय, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–यो प्रेसर डिप्लोमेसीमा नेपालको सरकार पर्नु हुँदैन । नेपालको प्रधानमन्त्री पर्नु हुँदैन । हाम्रा पुर्खाले यो मुलुक म गर्वका साथ भन्छु–३५ सय वर्ष इतिहास भएको यो मुलुक आजसम्म कहिल्यै पराधिन भएको छैन । तर आजको भारत त ब्रिटिसले एकीकरण गरिदिएको सन् १९४७ पछि बनेको भारत हो । तर पृथ्वीनारायण शाहले एकीकरण गरेको यो मुलुक, त्यो भन्दा अगाडि मल्लहरुले एकीकरण गरेको यो मुलुक, त्यो भन्दा अगाडि लिच्छवीहरुले एकीकरण गरेको यो मुलुक आजसम्म स्वतन्त्र छ ।

त्यसैले यो स्वतन्त्र देशको प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा देशका एजेण्डाहरु के हुन, राष्ट्रका एजेण्डाहरु के हुन, नेपाललाई चाहिएको कुरा के हो ? त्यो दवावमा पर्नु पर्छ । बडा दुखका साथ भन्नुपर्छ सभामुख महोदय, नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउँदै जान थालेको छ । असन्तुलित हुन थालेको छ हाम्रो परराष्ट्र नीति । हाम्रो परराष्ट्र नीति कहिले यता ढल्किन्छ, कहिले उता ढल्किन्छ । देशको स्वाभिमान, देशको आर्थिक आत्मनिर्भरता र आर्थिक स्वतन्त्रता त्यसलाई ध्यानमा राखेर, मुलुकको स्वाभिमानलाई राखेर, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राखेर लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्ने कुरालाई ध्यानमा राखेर, हाम्रो सीमा सुरक्षालाई ध्यानमा राखेर, हाम्रो आर्थिक स्वाभिमानलाई ध्यानमा राखेर प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् । कहिले हुन्छ थाहा छैन । सरेको सरेकै छ । तर पनि म त्यो भ्रमणको सफलताको कामना गर्न चाहन्छु । र, भारत भ्रमणको क्रममा नेपालको शीर निहुँर्‍याउने, नेपाललाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा प्रधानमन्त्रीको भ्रमणको कार्यसूचिमा नरहोस् ।’

सांसद पन्तले नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउन थालेको उल्लेख गर्दै दु:ख समेत व्यक्त गर्नु भयो ।