९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रिंकु–नितिशको साझेदारीमा कोलकाता विजयी, चेन्नईलाई चेपौकमा ११ वर्षपछि हरायो

रिंकु–नितिशको साझेदारीमा कोलकाता विजयी, चेन्नईलाई चेपौकमा ११ वर्षपछि हरायो
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ६१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईको चेपौक स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर १४५ रनको लक्ष्य पुरा गर्यो ।

केकेआरका लागि रिंकु सिंह र नितिश राणाबीचको ९९ रनको साझेदारी महत्वपूर्ण रह्यो । यो जितसँगै कोलकाताले चेन्नईको प्लेअफ प्रवेशको प्रतीक्षालाई लम्बाएको छ । यति मात्र होइन, नितिश राणाको कप्तानीमा रहेको टोलीले पनि आफ्नो आशा जीवित राखेको छ ।

कोलकाताले ११ वर्षपछि चेन्नईलाई उसकै घरेलु मैदानमा हराएको हो । टोलीले यहाँ चेन्नईविरुद्ध अन्तिम जित २०१२ मा निकालेको थियो । यहाँ दुई टोलीबीच कुल ९ खेल खेलिएको छ, जसमा चेन्नईले ६ जित हात पारेको छ भने कोलकाताले ३ जित हात पारेको छ ।

पहिलो इनिङ्समा चेन्नईले १० बलमा ३ विकेट गुमाएको थियो । १० औं ओभरको तेस्रो बलमा शार्दुल ठाकुरले डेभोन कोनवेलाई क्याच आउट गरेका थिए । त्यसपछि अर्को ओभरको पहिलो र अन्तिम बलमा सुनिल नारायणले अम्बाती रायडु र मोइन अलीलाई बोल्ड गर्दै चेन्नईलाई पाँचौं झटका दिए। यहाँबाट चेन्नईको स्कोरिङ रेट घट्यो र टोलीले ठूलो स्कोर गर्न सकेन ।

रहाणेले ११ बलमा १६ रनको इनिङ खेले तर उनले पनि ठूलो स्कोर बनाउन सकेनन् । रहाणेपछि कोनवे पनि ३० रन बनाएर आउट भए । यसपछि सुनिल नारायणले एउटै ओभरमा अम्बाती रायुडु (चार रन) र मोइन अली (एक रन)लाई आउट गर्दै चेन्नईको स्कोर ७२र५ बनाएका थिए । यसपछि चेन्नईको इनिङ्सलाई शिवम दुबे र रविन्द्र जडेजाले सम्हालेका थिए । दुवैले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । तर, जडेजाले २४ बलमा २० रनको इनिङ खेले जुन टोलीको हितमा थिएन ।

धोनी अन्तिम ओभरमा ब्याटिङ गर्न आए, तर यो खेलमा उनले कुनै छक्का प्रहार गर्न सकेनन् । अन्तमा चेन्नईले ६ विकेट गुमाएर १४४ रन बनायो । शिवम दुबेले ३४ बलमा ४८ रन बनाएर अविजित रहे । कोलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नारायणले २–२ विकेट लिए । शार्दुल ठाकुर र वैभव अरोराले एक–एक विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याएको कोलकाताको सुरुवात निकै खराब रह्यो । रहमानुल्लाह गुरबाज पहिलो ओभरमा एक रन बनाएर दीपक चाहरको शिकार बने । चाहरले आफ्नो अर्को ओभरमा वेंकटेश अय्यरलाई ९ रनमा आउट गरे । त्यही क्रममा चाहरको तेस्रो ओभरमा १२ रन बनाएर जेसन रोय पनि आउट भए । कोलकाताको ३३ रनमा तीन विकेट खसेको थियो । त्यसपछि नितिश राणा र रिंकु सिंहले इनिङ्सको जिम्मा लिएका थिए । दुबैले द्रुत रन बनाएपछि कोलकाताको टोली पावरप्लेमा ४६ रन बनाउन सफल भयो ।

रिंकु सिंह र नितिश राणाले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरे । चेपौकको मैदानमा चेन्नईविरुद्धको यो सबैभन्दा ठूलो साझेदारी हो । रिंकुले ४३ बलमा चार चौका र तीन छक्काको मद्दतले ५४ रन बनाए । १८औं ओभरमा मोइन अलीको सटिक थ्रोले उनलाई आउट गराए तर धेरै ढिलो भइसकेको थियो । नितिशसँगै रिंकुले कोलकाताको स्कोर १३२ रनमा पुर्याएका थिए र उनको टोली जितको दौडमा उभिएको थियो ।

अन्त्यमा नितिश राणाले आन्द्रे रसेलसँग मिलेर कोलकातालाई जिताए । उनले ४४ बलमा ५७ रन बनाएर अविजित रहे । चेन्नईका लागि दीपक चाहर बाहेक अन्य कुनै बलरले विकेट लिन सकेनन् । दिपकले पावरप्लेमा नै तीन विकेट लिए । यसपछि कोलकाताको मात्र एक विकेट रनआउटबाट खसेको थियो ।