१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ ।

यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरुट’ अभियानमा गरिएको समीक्षा प्रतिवेदनमा जवाफ दिने हुनेछ ।

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आगामी जेठदेखि चैतसम्म कार्ययोजना ल्याई सञ्चालन गर्ने जनाएको छ । यही वैशाख २८ गतेदेखि जारी रहेको एमाले केन्द्रीय कमिटी बैठक आज सकिनेछ ।