२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पहिलोपटक मुम्बईमा गुजरातलाई निम्तो, पूराना साथी एक–अर्काविरुद्ध भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको ५७ औं खेल आज मुम्बई इन्डियन्स (एमआई) र गुजरात टाइटन्स (जीटी)बीच हुँदैछ ।

खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष एउटै टिमबाट खेलेका हार्दिक पाण्ड्या र रोहित शर्मा आज छुट्टाछुटै टिमको कप्तानी सम्हाल्दैछन् । रोहितले मुम्बईको कप्तानी सम्हाल्दा हार्दिकले गुजरातको कप्तानी गर्दैछन् । हार्दिकको कप्तानीमा गुजरातले पहिलो सिजनमै उपाधि जितेको थियो । गुजरातको यो दोस्रो सिजन हो ।

दुवै टोली सिजनमा दोस्रो पटक भिड्नेछन् । यसअघि दुवै टोली लिग चरणको ३५औं खेलमा पनि आमनेसामने भएका थिए । जसमा गुजरात ५५ रनले विजयी भएको थियो ।

मुम्बईले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ६ मा जित र ५ मा हार बेहोरेको छ । टोलीको १२ अंक छ । गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, टिम डेभिड, क्रिस जोर्डन र जेसन बेहरेनडर्फ हुन सक्छन् । यी बाहेक पियुष चावला, इशान किशन र सूर्यकुमार यादवजस्ता खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

गुजरातले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ८ जित र ३ खेलमा हार बेहोरेको छ । टोलीको १६ अंक छ । मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र मोहित शर्मा जस्ता खेलाडीले बलियो प्रदर्शन गरिरहेका छन् ।

मुम्बई र गुजरातबीचको समग्र हेड–टू–हेडको बारेमा कुरा गर्दा, दुबै टोली दुई पटक आमनेसामने भएका छन् । जसमा मुम्बईले एक र गुजरातले एक जित हात पारेको छ ।

वानखेडे रंगशालाको पिच ब्याट्सम्यानका लागि सहयोगी सावित भएको छ । बलरहरूले यस मैदानमा रन रोक्न निकै संघर्ष गर्नुपरेको छ । आजको दिन मुम्बईको मौसम निकै तातो हुने भएको छ । शुक्रबार मुम्बईको तापक्रम २९ डिग्री सेल्सियसको आसपास हुनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन, क्यामरन ग्रीन, सूर्यकुमार यादव, टिम डेभिड, नेहल वढेरा, क्रिस जोर्डन, पियुष चावला, आकाश मधवाल, कुमार कार्तिकेय र जेसन बेहरेन्डर्फ ।

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा, शुभमन गिल, विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, मोहम्मद शामी र मोहित शर्मा ।




भर्खरै