९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

फ्रेण्ड्स क्लवमाथि सहज जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो

फ्रेण्ड्स क्लवमाथि सहज जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो
अ अ+ अ-

काठमाडौँ । फ्रेण्ड्स क्लवमाथि ४–१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बिहीवार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खान पुगेको थियो । यसजितसँगै जावलाखेल समग्रमा ४–१ को नतिजा निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।

जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १–१ गोल गरे । फ्रेण्ड्सका लागि श्यामबाबु क्यापछाकीले गोल फकाउँदै अन्तर घटाएका थिए । शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलले २० अ‍ौं मिनेटमा खाता खोल्न सफल भएको थियो । अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेण्डर राहुल राहुलले हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् ।

त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजको फ्रिकिकलाई एनकोटो मासोआबीले गोल गर्दै जावलाखेललाई पहलिो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि जावलाखेलले फ्रेण्ड्सलाई दबाबमा राख्दै खेल देखायो । तर दोस्रो हाफमा फ्रेण्ड्सले सम्हालिएको प्रदर्शन गर्ने प्रयास गर्‍यो । ५७ अ‍ौं मिनेटमा फ्रेण्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

६४ अ‍ौं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३–० को अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र एञ्जल महर्जनले ह्याण्ड गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो । ७५ अ‍ौं मिनेटमा मासोआबीको कडा प्रहार फ्रेण्ड्सका गोलरक्षक राजाबाबु थापा बचाउन सफल भएका थिए । ८० अ‍ौं मिनेटमा श्यामबाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काउँदै अन्तर ३–१ मा घटाए । इन्ज्युरी समयमा फोडे फोफानाले गोल गरेपछि जावलाखेलको जित निश्चित भयो ।

यस जितपछि जावलाखेलको १७ खेलमा ३० अंक छ । चर्च ब्वाइज समान ३० अंकमा भएपनि हेड टु हेड नतिजामा दोस्रो स्थानमा झरेको छ । जावलाखेलले चर्च ब्वाइजलाई १–० ले हराएको थियो । फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ अ‍ौं स्थानमा छ ।

लिग अन्तर्गत शुक्रवार तीन खेल हुनेछन् । दिनको पहिलो खेल संकटा र नेपाल पुलिस क्लवबीच दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच एन्फा मुख्यालयमा प्रतिष्पर्धा हुनेछ । तेस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र खुमलटार युथ क्लवबीच हुनेछ ।