२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः राजस्थान र कोलकाता भिड्दै, प्लेअफ होडका लागि दुबैलाई जित आवश्यक



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बिहीबार लिग चरणको ५६ औँ खेल कोलकाता नाइट राइडर्स (केकेआर) र राजस्थान रोयल्स (आरआर)बीच हुँदैछ ।

खेल बेलुका ७ः४५ बजेदेखि कोलकाताको इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ । यस मैदानमा राजस्थानको टोलीले कोलकातासँग ९ खेल खेलेको छ । जसमध्ये कोलकाताले ६ जित हात पारेको छ । राजस्थानले दुई खेल मात्र जितेको छ । यस्तै एउटा खेल भने रद्द भएको थियो ।

कोलकाताले यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ५ मा जित र ६ मा हार बेहोको छ । कोलकाता १० अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

राजस्थानले पनि यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ हारेको छ । समान १० अंक रहेको राजस्थान रनरेटका आधारमा कोलकाता भन्दा एक स्थान माथि अर्थात् पाँचौं स्थानमा छ । राजस्थानले पछिल्ला तीन खेलमा हार बेहोरेको थियो ।

कोलकाता र राजस्थानबीचको समग्र हेड टु हेडको कुरा गर्दा यी दुई टोली २७ पटक भिडेका छन् । जसमा कोलकाताले १४ पटक र राजस्थानले १२ पटक खेल जितेको छ । एक खेल भने रद्द भएको थियो ।

कोलकाताको इडेन गार्डेनको पिच ब्याटिङका ​​लागि चर्चित छ । यहाँ उच्च स्कोरिङ टी–२० खेलहरू भएका छन् । तर खेल अघि बढ्दै जाँदा, यसले बलरहरूलाई पनि मद्दत गर्न थाल्छ, विशेष गरी स्पिनरहरूलाई । आजको दिन कोलकाताको मौसम निकै तातो हुने भएको छ । कोलकातामा बिहीबारको तापक्रम २७ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
कोलकाता नाइट राइडर्सः नितिश राणा (कप्तान), भेंकटेश अय्यर, रहमानुल्लाह गुरबाज, आन्द्रे रसेल, सुनील नारायण, रिंकु सिंह, वैभव अरोरा, शार्दुल ठाकुर, हर्षित राणा, सुयश शर्मा र वरुण चक्रवर्ती ।

राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान), यशस्वी जैसवाल, जोस बटलर, जो रुट, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन आश्विन, मुरुगन अश्विन, सन्दीप शर्मा, कुलदीप यादव र युजवेन्द्र चहल ।