२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई प्लेअफबाट एक जित टाढा, दिल्ली अन्य टिममा निर्भर



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफतर्फ अघि बढेको छ । टोली अहिले प्लेअफबाट एक जित टाढा छ ।

बुधबार भएको सिजनको ५५ औँ खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्यो । चेपौकमा भएको यो जितसँगै चेन्नईको १२ खेलपछि १५ अंक छ । टोलीले थप २ खेल खेल्नुपर्नेछ ।

एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सके ।

चेन्नईका लागि मिडल अर्डरमा शिवम दुबेले सर्वाधिक २५ रन बनाए भने ओपनर ऋतुराज गायकवाडले २४ रनको इनिङ्स खेले । रायुडुले २३ रनको योगदान दिए । योसँगै अजिंक्य रहाणे र रविन्द्र जडेजाले २१–२१ रन जोडे । अन्त्यमा धोनीले ९ बलमा दुई छक्का र एक चौकासहितको २० रनको इनिङ्स खेले । दिल्लीका लागि मिचेल मार्शले ३ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए । यस्तै, कुलदीप यादव, ललित यादव र खलिल अहमदले एक–एक विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात सुस्त रह्यो । टोलीले ५० रनमै शीर्ष ३ विकेट गुमाएको थियो । यस्तो अवस्थामा मनिष पाण्डे (२७ रन) र मध्यमा रिले रुसो (३५ रन)ले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई प्रारम्भिक झट्काबाट मुक्त गराए । तर, यो साझेदारीले विकेट रोकिए पनि छिटो रन बनाउन सकेन ।

यति हुँदाहुँदै पनि यो जोडीले खेल रोमाञ्चक बनाउने देखिएको थियो । तर मनिषपछि रुसो पनि आउट भए । त्यसपछि दिल्लीले लगातार विकेट गुमायो । चेन्नईका मथिशा पथिरानाले ३ विकेट लिए भने दीपक चाहरले २ विकेट लिए । यस्तै, रविन्द्र जडेजाको नाममा एक विकेट रह्यो ।