२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई प्लेअफबाट एक जित टाढा, दिल्ली अन्य टिममा निर्भर



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफतर्फ अघि बढेको छ । टोली अहिले प्लेअफबाट एक जित टाढा छ ।

बुधबार भएको सिजनको ५५ औँ खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्यो । चेपौकमा भएको यो जितसँगै चेन्नईको १२ खेलपछि १५ अंक छ । टोलीले थप २ खेल खेल्नुपर्नेछ ।

एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सके ।

चेन्नईका लागि मिडल अर्डरमा शिवम दुबेले सर्वाधिक २५ रन बनाए भने ओपनर ऋतुराज गायकवाडले २४ रनको इनिङ्स खेले । रायुडुले २३ रनको योगदान दिए । योसँगै अजिंक्य रहाणे र रविन्द्र जडेजाले २१–२१ रन जोडे । अन्त्यमा धोनीले ९ बलमा दुई छक्का र एक चौकासहितको २० रनको इनिङ्स खेले । दिल्लीका लागि मिचेल मार्शले ३ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए । यस्तै, कुलदीप यादव, ललित यादव र खलिल अहमदले एक–एक विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात सुस्त रह्यो । टोलीले ५० रनमै शीर्ष ३ विकेट गुमाएको थियो । यस्तो अवस्थामा मनिष पाण्डे (२७ रन) र मध्यमा रिले रुसो (३५ रन)ले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई प्रारम्भिक झट्काबाट मुक्त गराए । तर, यो साझेदारीले विकेट रोकिए पनि छिटो रन बनाउन सकेन ।

यति हुँदाहुँदै पनि यो जोडीले खेल रोमाञ्चक बनाउने देखिएको थियो । तर मनिषपछि रुसो पनि आउट भए । त्यसपछि दिल्लीले लगातार विकेट गुमायो । चेन्नईका मथिशा पथिरानाले ३ विकेट लिए भने दीपक चाहरले २ विकेट लिए । यस्तै, रविन्द्र जडेजाको नाममा एक विकेट रह्यो ।