२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले ९९ बलमा २०० रनको लक्ष्य पछ्यायो, बैंगलोर स्तब्ध



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ५४ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको सहज जित दर्ता गरेको छ । टोलीले १६ दशमलव ३ ओभरमा २०० रनको लक्ष्य पूरा गरेको थियो । मुम्बईले आरसीबीविरुद्ध आफ्नो सबैभन्दा ठूलो रन पछ्यायो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफमा मुम्बईले सूर्यकुमार यादवको ८३ रनको बलमा लक्ष्य पुरा गर्यो । वानखेडे स्टेडियममा बैंगलोरमाथि मुम्बईको यो लगातार चौथो जित हो । रोहित शर्माको कप्तानीमा रहेको टोली बैंगलोरसँग २०१५ यता यहाँ हारेको छैन ।

यो जितसँगै मुम्बई अंक तालिकाको आठौं नम्बरबाट पाँच स्थान माथि उक्लिएको छ । ११ खेलमा मुम्बईको यो छैटौं जित हो । टोलीको १२ अंक छ । सूर्यकुमारको विस्फोटक पारी (३५ बलमा ८३ रन) र नेहल वढेरासँगको शतकीय साझेदारीले मुम्बईलाई सहज जित दिलायो । बैंगलोरका कप्तान फाफ डु प्लेसिसले यो साझेदारीलाई समयमै तोड्न सकेनन् ।

यो साझेदारी टुटेपछि मुम्बई जितको नजिक पुगेको थियो । मुम्बईका लागि सूर्याअघि ओपनर इशान किशनले २१ बलमा ४२ रन बनाएर टोलीलाई उत्कृष्ट सुरुवात गराए । नेहलले ३४ बलमा ५२ रन बनाएर सूर्यलाई साथ दिए ।

बैंगलोरका लागि वानिन्दु हसरंगा र विजयकुमार वैशाखले समान २–२ विकेट लिए ।

बैंगलोरको ब्याटिङमा कप्तान फाफ डु प्लेसिसले ४१ बलमा ६५ र ग्लेन म्याक्सवेलले ३३ बलमा ६८ रन बनाए । दिनेश कार्तिकले १८ बलमा ३० रनको योगदान दिए । मुम्बईका लागि जेसन बेहरेनडोर्फले ३ विकेट लिए । क्यामरन ग्रीन, क्रिस जोर्डन र कुमार कार्तिकेयले एक–एक विकेट लिए ।