२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज रियल मड्रिड र म्यान्चेस्टर सिटी भिड्दै



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज मंगलबार मध्यरातमा युरोपका दुई महारथी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटी आमनेसामने हुँदैछन् । यी दुईक्ल्बबीचको महाभिडन्त मध्यरात अर्थात् नेपाली समयानुसार पौने १ बजे सुरु हुनेछ ।

रियल मड्रिडले क्वाटरफाइनलमा चेल्सीलाई समग्रमा ४–० को नतिजाले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै म्यान्चेस्टर सिटीले बायर्नलाई समग्रमा ४–१ ले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमै सिटी रियल मड्रिडसँग समग्रमा ६–५ ले पराजित भएको थियो । यद्यपि, सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबारको खेललाई बदलाको रुपमा नलिने बताएका छन् ।

उनले रियलविरुद्धको खेललाई बदलाको रुपमा लिएको खण्डमा त्यो सबैभन्दा ठुलो गल्ती हुने प्रतिक्रिया दिएका छन् । यस्तै, रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टिम सिटीलाई रोक्न र आफ्नो पक्षमा नतिजा निकाल्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष फाइनलमा रियलले लिभरपुललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । रियल र सिटीबीचको सेमिफाइनलको दोस्रो लेग मे १८ मा सिटीको घरेलु मैदान इतिहाडमा हुनेछ । दुबै टिम आजको खेलमा जित निकाल्दै दोस्रो लेगमा सहज हुनेगरि नतिजाको अपेक्षामा रहनेछन् ।