६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज रियल मड्रिड र म्यान्चेस्टर सिटी भिड्दै



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज मंगलबार मध्यरातमा युरोपका दुई महारथी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटी आमनेसामने हुँदैछन् । यी दुईक्ल्बबीचको महाभिडन्त मध्यरात अर्थात् नेपाली समयानुसार पौने १ बजे सुरु हुनेछ ।

रियल मड्रिडले क्वाटरफाइनलमा चेल्सीलाई समग्रमा ४–० को नतिजाले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै म्यान्चेस्टर सिटीले बायर्नलाई समग्रमा ४–१ ले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमै सिटी रियल मड्रिडसँग समग्रमा ६–५ ले पराजित भएको थियो । यद्यपि, सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबारको खेललाई बदलाको रुपमा नलिने बताएका छन् ।

उनले रियलविरुद्धको खेललाई बदलाको रुपमा लिएको खण्डमा त्यो सबैभन्दा ठुलो गल्ती हुने प्रतिक्रिया दिएका छन् । यस्तै, रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो टिम सिटीलाई रोक्न र आफ्नो पक्षमा नतिजा निकाल्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष फाइनलमा रियलले लिभरपुललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । रियल र सिटीबीचको सेमिफाइनलको दोस्रो लेग मे १८ मा सिटीको घरेलु मैदान इतिहाडमा हुनेछ । दुबै टिम आजको खेलमा जित निकाल्दै दोस्रो लेगमा सहज हुनेगरि नतिजाको अपेक्षामा रहनेछन् ।