११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार
अ अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

बीबीसीका अनुसार खानलाई इस्लामाबादस्थित अदालत बाहिरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका हुन् । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए ।

इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले इमरानलाई कुटपिट भएको आरोप लगाएको छ । पार्टीले इमरानका वकिल रगतले लतपतिएको भिडियो पनि पोस्ट गरेको छ । एक प्रत्यक्षदर्शीले पाकिस्तानको अखबार ‘द डन’लाई बताए कि इमरान खान उच्च अदालतमा प्रवेश गर्ने बित्तिकै अर्धसैनिक बल र सशस्त्र टोली पनि उच्च अदालतमा प्रवेश गरे । गेटमा बख्तरबन्द गाडीहरू राखिएको थियो र लगत्तै इमरानलाई पक्रेर बाहिर ल्याइयो ।

आईजी अकबर खानले कादिर ट्रस्ट मामिलामा इमरानलाई पक्राउ गरिएको बताए । पीटीआईको विरोधको आशंकालाई ध्यानमा राख्दै अकबर खानले भने, ‘हामीले धारा १४४ लागू गरेका छौं र यसको उल्लंघन गर्नेलाई कारबाही गरिने छ ।’

हालै इमरानले शीर्ष गुप्तचर अधिकारीहरूलाई वजिराबादमा उनको हत्या गर्ने षड्यन्त्र रचिएको आरोप लगाएका थिए । पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका छन् । करिब ४ घण्टापछि उनलाई अदालतबाट पक्राउ गरिएको हो ।

आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।