६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ ले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ गोलले पराजित गरेको हो ।

एभर्टनलाई फराकिलो जित दिलाउन एव्डोलाए डोउकोरे र ड्वाइट एमसीनेलले दुई–दुई गोल गरे । एक गोल भने एभर्टनले उपहारस्वरुप पायो । ब्राइटनका जासन स्टीलेले ३५ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । एमसीनेले क्रस गरेको बल ब्राइटनका किपर जासनको खुट्टामा लागेर गोल हुन पुगेको थियो ।  ७९ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले ब्राइटनका लागि एकमात्र सान्त्वना गोल गरे ।

खेलको पहिलो मिनेटमा नै डोउकोरेले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा उनले नै गोल थपे । एमसीनेलले भने ७६ औं र ९०.६ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै ३३ खेलबाट ५५ अंकका साथ ब्राइटन तालिकाको सातौं स्थानमा छ । एभर्टन ३५ खेलबाट ३२ अकका साथ १७ औं स्थानमा छ ।