२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः हैदरावादविरुद्ध लगातार तेस्रो जितको खोजीमा राजस्थान



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार हुने दोस्रो खेलमा राजस्थान रोयल्स (आरआर) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच प्रतिस्पर्धा हुँदैछ ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा दुई टोलीबीचको भिडन्त साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यदि राजस्थानले हैदरावादविरुद्ध जित निकालेमा यो उसको हैदरावादमाथि लगातार तेस्रो जित हुनेछ । राजस्थानले यो सिजन अहिलेसम्म खेलेका १० मध्ये ५ खेलमा जित निकालेको छ भने समान ५ खेलमा हार बेहोरेको छ । हाल टोली १० अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । राजस्थानले पछिल्लो दुई खेलमा हार बेहोरेको छ ।

हैदरावादविरुद्ध राजस्थानका ४ विदेशी खेलाडी जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट र एडम जाम्पा हुन सक्छन् । यसबाहेक यशस्वी जैसवाल, सञ्जु सामसन र रविचन्द्रन अश्विनजस्ता भारतीय खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन हालसम्म खेलेका ९ खेलमा तीन जित हात पारेको छ भने ६ खेलमा हार बेहोरेको छ । हैदरावाद तालिकामा पुछारमा छ । राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडेन मार्कराम, ह्यारी ब्रुक, हेनरिक क्लासेन र मार्को यानसेन हुन सक्छन् ।

सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स, यी दुवै टोलीले लिगमा एक–एक उपाधि जितेका छन् । राजस्थान रोयल्स लिगको पहिलो सिजनमै च्याम्पियन बनेको थियो । यस्तै, सन् २०१६ मा सनराइजर्स हैदरावाद विजेता बनेको थियो । प्रतियोगितामा दुवै टोली १७ पटक आमनेसामने भएका छन् । जसमा राजस्थानले ९ र हैदरावादले ८ खेल जितेको छ ।

सवाई मानसिंह स्टेडियमको पिचले बलरहरूलाई मद्दत गर्छ । बलरका लागि पिच यति राम्रो छ कि यहाँ कुनै पनि टोलीले ठूलो स्कोर गर्न सक्दैन । यस मैदानमा टी–२० मा, यहाँ सानो स्कोर मात्र हुने गरेको छ । पहिले बलिङ गर्ने टोलीलाई खेलमा धेरै मद्दत मिल्दछ ।

जयपुरको मौसम तातो हुनेछ । जयपुरमा आइतबारको तापक्रम २५ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ध्रुव जुरेल, ट्रेन्ट बोल्ट, एडम जाम्पा, युजवेन्द्र चहल र सन्दीप शर्मा ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), ह्यारी ब्रुक, मयंक अग्रवाल, हेनरिक क्लासेन (विकेटकिपर), अभिषेक शर्मा, अब्दुल समद, मार्को यानसेन, भुवनेश्वर कुमार, मयंक मार्कंडे, कार्तिक त्यागी र टी नटराजन ।