९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अन्ततः गांगुली–कोहलीले हात मिलाए

अन्ततः गांगुली–कोहलीले हात मिलाए
अ अ+ अ-

एजेन्सी । एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) –१६ को ५० औँ खेल शनिबार राति अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्स (डिसी) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीच भएको थियो । सो खेलमा दिल्लीले ७ विकेटले जित हात पारेको छ । यो खेलपछि भारतीय पूर्व कप्तान विराट कोहली र सौरभ गांगुली हात मिलाउँदै देखिएका थिए । यसअघि दुवैबीच मनमुटाव भएको खबर आएको थियो ।

बैंगलोर र दिल्ली प्रतियोगितामा दोस्रो पटक आमनेसामने भएका हुन् । दुवै टोली १५ अप्रिलमा बैंगलोरमा भिडेका थिए । उक्त खेल बैंगलोरले २३ रनले जितेको थियो । गांगुली दिल्ली क्यापिटल्सका निर्देशक हुन् । खेलको एक समयमा कोहली बाउन्ड्री लाइनमा फिल्डिङ गरिरहेका थिए । फिल्डिङ गर्दा कोहलीले गांगुलीलाई हेरे पनि गांगुलीले विराटलाई पटक्कै हेरेनन् । यति मात्र होइन, जब खेलपछि दुवै टोलीका खेलाडी र कर्मचारीले हात मिलाए, तब पनि कोहली गांगुलीभन्दा अगाडि गए । दुवैले हात मिलाएनन् ।

स्रोतका अनुसार गांगुली र कोहलीबीच केही कुरालाई लिएर विवाद भएको बताइएको छ । त्यसैले दुवैले हात नमिलाए पनि शनिबारको खेलपछि भने दुवै जना मुस्कुराउँदै हात मिलाएका थिए ।

कोहली र बीसीसीआई अध्यक्ष गांगुलीबीचको विवाद
२०२१ मा कोहलीलाई एकदिवसीय र टी–२० कप्तानबाट हटाएपछि बीसीसीआईका तत्कालीन अध्यक्ष सौरभ गांगुलीले एक मिडिया हाउससँगको कुराकानीमा भने कि ओडीआई कप्तानी सम्हाल्नुअघि कोहलीसँग कुरा भएको थियो र उनको सहमतिपछि कोहलीलाई कप्तानबाट हटाइएको थियो ।

गांगुलीले भनेका थिए कि बीसीसीआईले विराटलाई टी–२० कप्तानबाट नछोड्न आग्रह गरेको थियो, तर विराटले मानेनन् र राजीनामा दिए । सीमित ओभरको क्रिकेटमा दुई फरक कप्तान राख्ने निर्णय उनलाई मन परेन । यसपछि उनले चेतन शर्मासँग विराटलाई राखेर कुरा गरे र उनलाई सम्पूर्ण भिजन बताए । यसपछि मात्र रोहितलाई दुवै ओडीआई र टी–२० को कप्तान बनाइएको थियो ।

यसपछि विराटले पत्रकार सम्मेलनमा गांगुलीको भनाइलाई गलत भनेका थिए । उनलाई बीसीसीआईका अधिकारीहरूले ९० मिनेट अगाडि भनेका थिए कि अब उनको स्थानमा रोहित ओडीआई टोलीको कप्तान हुनेछन् ।

यसअघि बीसीसीआईले उनीसँग कुनै वार्ता गरेको थिएन । कोहलीले भने, ‘जब मैले टी–२० को कप्तानी छोडेको थिएँ, म सबैभन्दा पहिले बीसीसीआई गएँ । आफ्नो निर्णयबारे जानकारी गराए । मैले आफ्ना विचार र चिन्ताहरू राखें । बोर्डले यसलाई स्वीकार गर्यो र मेरो कठिनाइ बुझ्यो । एकपटक पनि उनले मलाई मेरो निर्णयमा पुनर्विचार गर्न भनेनन् ।’