९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दिल्लीले १०० बलमा १८२ रनको लक्ष्य भेटेपछि बैंगलोर ७ विकेटले पराजित

दिल्लीले १०० बलमा १८२ रनको लक्ष्य भेटेपछि बैंगलोर ७ विकेटले पराजित
Virat Kohli of Royal Challengers Bangalore with players during match 50 of the Tata Indian Premier League between the Delhi Capitals and the Royal Challengers Bangalore held at the Arun Jaitley Stadium, Delhi on the 6th May 2023 Photo by: Arjun Singh / SPORTZPICS for IPL
अ अ+ अ-

एजेन्सी । ओपनर फिल साल्टको विस्फोटक इनिङ्सको सहायतामा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग–१६ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको छ ।

टोलीले १६.४ ओभर (१०० बल)मा ३ विकेट गुमाएर १८२ रनको लक्ष्य पुरा गरेको थियो । शनिबार अरुण जेटली मैदानमा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

यो जितसँगै दिल्लीले बैंगलोरसँग अघिल्लो हारको बदला लिएको छ । यस सिजनको पहिलो खेलमा बैंगलोरले दिल्लीलाई घरेलु मैदानमा २३ रनले पराजित गरेको थियो । जितपछि दिल्लीले प्लेअफ प्रवेशको आशा जीवित राखेको छ । टोलीले प्लेअफमा पुग्न बाँकी चार खेल जित्नुपर्नेछ । यो सिजनमा दिल्लीको चौथो जित हो ।

बैंगलोरले १८१ रन बनाए पनि बलरले त्यसलाई रक्षा गर्न सकेनन् । बैंगलोरका विराट कोहली (५५ रन) ले यस लिगमा आफ्नो ५० औं अर्धशतक बनाए भने महिपाल लोमरर (अविजित ५४)ले आफ्नो पहिलो अर्धशतक बनाए । कप्तान फाफ डु प्लेसिसले ३२ बलमा ४५ रनको योगदान दिए ।

दिल्लीका लागि मिचेल मार्सले दुई विकेट लिए । खलील अहमद र मुकेशले एक–एक विकेट लिए ।

जवाफमा दिल्लीका ओपनर फिल साल्टले ४५ बलमा ८७ रनको आक्रामक पारी खेले भने कप्तान डेभिड वार्नरले १४ बलमा २२ र मिचेल मार्सले १७ बलमा २६ रन बनाए । अन्तिममा रिले रुसोले २२ बलमा ३५ र अक्षर पटेलले ३ बलमा छक्का सहित ८ रन बनाए ।

बैंगलोरका जोस हेजलउड, करण शर्मा र हर्षल पटेलले एक–एक विकेट लिए ।

यसैबीच, आरसीबीका ब्याट्सम्यान विराट कोहलीले दिल्ली क्यापिटल्सविरुद्धकै खेलमा आईपीएलमा १ हजार रन पुरा गरेका छन् । प्रतियोगिताको इतिहासमा ७ हजार रन पुरा गरेका छन् । उनले २३३ खेलमा ७०४३ रन बनाएका छन् । कोहली लिगमा ७ हजारभन्दा बढी रन बनाउने एकमात्र ब्याट्सम्यान हुन् ।