२५ श्रावण २०८३, सोमबार
,
Latest
ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईले मुम्बईलाई ६ विकेटले हरायो



अ+ अ-

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईको चेपौक मैदानमा १४० रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

चेन्नईलाई जित दिलाउन डेभोन कोनवेले ४२ बलमा ४४, ऋतुराज गायकवाडले १६ बलमा ३०, अजिंक्ये रहाणेले १७ बलमा २१, अम्बाती रायुडुले ११ बलमा १२ रन जोड्दा शिबम दुबे १८ बलमा २६ रनमा तथा महेन्द्र सिंह धोनी ३ बलमा २ रनमा अविजित रहे ।

बलिङतर्फ मुम्बईका पियुष चावलाले दुई, त्रिस्तान स्तब्स र आकाश माधवालले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन जोड्यो । उसका लागि नेहाल वधेराले ५१ बलमा ६४ रन जोडेका थिए । सूर्यकमार यादवले २२ बलमा २६ रन जोड्दा त्रिस्तान स्टब्सले २१ बलमा २० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कप्तान रोहित शर्मा ३ बलमा शून्य रनमै आउट भए ।

बलिङतर्फ चेन्नईका मथिशा पथिरानाले तीन, दीपक चाहर र तुषार देशपाण्डेले दुई–दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए ।




भर्खरै