२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री रायमाझी फरार



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्पयुनिष्ट पार्टी (एमाले)का सचिव सम्पर्कविहीन हुनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो ।

रायमाझीले प्रयोग गर्दै आएको प्रदेश ३ ०१ ०२२ च ०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार चितवनबाट मुग्लिन हुँदै काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीले जनाएको छ ।

रायमाझी सो गाडीमा नआएको हो वा बीच बाटोबाटै फरार भएको हो भन्नेबारे यकिन भएको छैन । रायमाझी सम्पर्कविहीन भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी बनाउन प्रमुख भूमिका खेलेको आरोपमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई बुधबार पक्राउ गरेको थियो । २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ सम्म गृहसचिव रहेका पाण्डेले संगठित गिरोहसँग मिलेमतो गरी नक्कली शरणार्थी बनाउन नीतिगत निर्णय गराएको र रकमसमेत लेनदेन गरेको खुलेको प्रहरीको दाबी छ ।

काठमाडौँ जिल्ला अदालतले सचिव पाण्डेलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति समेत दिएको छ । एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बुधबार बुटवलबाट काठमाडौँ ल्याएर अदालतबाट थुनामा राख्न अनुमति लिएको छ । यस प्रकरणमा अर्का योजनाकार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाकार इन्द्रजित राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । थापाका छोरा प्रतीक तथा पक्राउ परेका इन्द्रजीत राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकोमा प्रहरीले अझै नियन्त्रणमा लिएको छैन ।

परिसरका प्रवक्ता सीताराम रिजालले आठ जना पक्राउ परेको र अझै १० देखि १२ जना अनुसन्धानमा तानिनसक्ने बताउनुभयो । राई, पाण्डे र रायमाझीसँगै यसअघि पक्राउ परेका दाङका सन्देश शर्मा, मोरङका केशल दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङसँग प्रहरीले बयान लिइरहेको छ ।

सो प्रकरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरी परिसरमा हालसम्म १०६ जना पीडितका २० वटा उजुरी दर्ता भएका छन् । पीडितले दिएको जाहेरीमा एक जनाबाट १० देखि ५० लाख रुपैयाँसम्म ठगी गरिएको आरोप छ । सो प्रकरणमा प्राप्त भएका कागजात र प्रमाणलाई केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । गिरोहले झण्डै नौ सय व्यक्तिबाट एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको अनुमान गरिएको छ ।

गिरोहका सदस्य पक्राउसँगै राजनीतिक वृत्तमा समर्थन र विरोध भएको छ । एमाले सचिव टोपबहादुर रायमाझीमाथि पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बहालवाला सांसद र पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर हतकडी लगाउन हतार नगर्न चेतावनी दिनुभएको छ ।

यसै विषयलाई लिएर अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै