९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वरुण चक्रवर्ती चम्किँदा हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित

वरुण चक्रवर्ती चम्किँदा हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित
अ अ+ अ-

एजन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदरावाद(एसआरएच)लाई ५ रनले पराजित गरेको छ ।

एसआरएचलाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो, यो ओभरमा वरुण चक्रवर्तीले मात्र ३ रन दिएर आफ्नो टोलीलाई जित दिलाए ।

बिहीबार हैदरावादको राजीव गान्धी स्टेडियममा कोलकाताले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा हैदरावादले ८ विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो ।

हैदरावादका अब्दुल समद र भुवनेश्वर कुमार अन्तिम ओभरमा ब्याटिङ गरिरहेका थिए । पहिलो २ बलमा २ रन दिएपछि तेस्रो बलमा वरुणले समदलाई आउट गरे । उनले अन्तिम ३ बलमा एक रन दिएर टोलीलाई जित दिलाए ।

१७२ रनको लक्ष्य पछ्याएको हैदरावादले पावरप्लेमा नै ३ विकेट गुमाएको थियो । सातौं ओभरमा ह्यारी ब्रुक पनि आउट भए र टोलीको स्कोर ५४र४ पुगेको थियो । ४ विकेट गुमाएपछि हैदराबादका लागि एडेन मार्कराम र हेनरिक क्लासेनले ७० रनको साझेदारी गरे । १५ औं ओभरमा क्लासेन र १७ औँ ओभरमा कप्तान मार्कराम आउट हुँदा दुवैले टोलीलाई जितको नजिक पुर्‍याइरहेका थिए । तर, १९औं ओभरमा रहमानउल्लाह गुरबाजले मार्को जान्सेनको हातमा डाइभिङ क्याच लिए । यस्तै। वरुण चक्रवर्तीले २० औं ओभरमा ९ रन बचाए । उनले जम्मा ३ रन दिएर टिमलाई जित दिलाए ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले दोस्रो ओभरमा २ विकेट गुमाएको थियो । मार्को यान्सेनले रहमानुल्लाह गुरबाज र वेंकटेश अय्यरलाई पेभिलियन पठाए । पाँचौं ओभरमा कार्तिक त्यागीले जेसन रोयलाई पनि क्याच आउट गराए । टिमले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएको थियो ।

पावरप्लेमा ३ विकेट गुमाएपछि कोलकाताका लागि कप्तान नितिश राणा र रिंकु सिंहले साझेदारी गरेका थिए । रिंकु ४६ र राणा ४२ रन बनाएर आउट भए । त्यसपछि आएका आन्द्रे रसेलले ठूला प्रहार गर्न थाले पनि मयंक मार्कण्डेले उनलाई पेभिलियन पठाए । रसेलले १५ बलमा २४ रन बनाए ।

बाँकी ब्याट्सम्यानमा जेसन रोयले २०, अनुकुल रोयले १३, वैभव अरोराले २, शार्दुल ठाकुरले ८, वेंकटेश अय्यरले ७ र सुनिल नारायणले १ रन बनाए । हर्षित राना र रहमानउल्लाह गुरबाजले खाता पनि खोल्न सकेनन् । हैदरावादका मार्को यान्सेन र थांगारासु नटराजनले २–२ विकेट लिए । कार्तिक त्यागी, एडन मार्कराम, भुवनेश्वर कुमार र मयंक मार्कण्डेले १–१ विकेट लिए ।