२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरुण चक्रवर्ती चम्किँदा हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित



अ+ अ-

एजन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदरावाद(एसआरएच)लाई ५ रनले पराजित गरेको छ ।

एसआरएचलाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो, यो ओभरमा वरुण चक्रवर्तीले मात्र ३ रन दिएर आफ्नो टोलीलाई जित दिलाए ।

बिहीबार हैदरावादको राजीव गान्धी स्टेडियममा कोलकाताले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा हैदरावादले ८ विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो ।

हैदरावादका अब्दुल समद र भुवनेश्वर कुमार अन्तिम ओभरमा ब्याटिङ गरिरहेका थिए । पहिलो २ बलमा २ रन दिएपछि तेस्रो बलमा वरुणले समदलाई आउट गरे । उनले अन्तिम ३ बलमा एक रन दिएर टोलीलाई जित दिलाए ।

१७२ रनको लक्ष्य पछ्याएको हैदरावादले पावरप्लेमा नै ३ विकेट गुमाएको थियो । सातौं ओभरमा ह्यारी ब्रुक पनि आउट भए र टोलीको स्कोर ५४र४ पुगेको थियो । ४ विकेट गुमाएपछि हैदराबादका लागि एडेन मार्कराम र हेनरिक क्लासेनले ७० रनको साझेदारी गरे । १५ औं ओभरमा क्लासेन र १७ औँ ओभरमा कप्तान मार्कराम आउट हुँदा दुवैले टोलीलाई जितको नजिक पुर्‍याइरहेका थिए । तर, १९औं ओभरमा रहमानउल्लाह गुरबाजले मार्को जान्सेनको हातमा डाइभिङ क्याच लिए । यस्तै। वरुण चक्रवर्तीले २० औं ओभरमा ९ रन बचाए । उनले जम्मा ३ रन दिएर टिमलाई जित दिलाए ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले दोस्रो ओभरमा २ विकेट गुमाएको थियो । मार्को यान्सेनले रहमानुल्लाह गुरबाज र वेंकटेश अय्यरलाई पेभिलियन पठाए । पाँचौं ओभरमा कार्तिक त्यागीले जेसन रोयलाई पनि क्याच आउट गराए । टिमले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएको थियो ।

पावरप्लेमा ३ विकेट गुमाएपछि कोलकाताका लागि कप्तान नितिश राणा र रिंकु सिंहले साझेदारी गरेका थिए । रिंकु ४६ र राणा ४२ रन बनाएर आउट भए । त्यसपछि आएका आन्द्रे रसेलले ठूला प्रहार गर्न थाले पनि मयंक मार्कण्डेले उनलाई पेभिलियन पठाए । रसेलले १५ बलमा २४ रन बनाए ।

बाँकी ब्याट्सम्यानमा जेसन रोयले २०, अनुकुल रोयले १३, वैभव अरोराले २, शार्दुल ठाकुरले ८, वेंकटेश अय्यरले ७ र सुनिल नारायणले १ रन बनाए । हर्षित राना र रहमानउल्लाह गुरबाजले खाता पनि खोल्न सकेनन् । हैदरावादका मार्को यान्सेन र थांगारासु नटराजनले २–२ विकेट लिए । कार्तिक त्यागी, एडन मार्कराम, भुवनेश्वर कुमार र मयंक मार्कण्डेले १–१ विकेट लिए ।