२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मुक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धा हार



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा २०२३ को अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेको आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसंग ४:१ अंकको आधारमा प्रतिस्पर्धा हार बेहोरेका छन् ।

नेपाली मुक्केबाज थापाले ६०-६३.५ किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत सेसन २ ‘ए’को पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए । थापा १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।

जर्मनी मुक्केबाजसंग राम्रो खेल प्रदर्शन गर्दै ४:१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

४८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सो स्थानमा पुगिसकेकाछन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् । थापा सहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिको टोलीले विदाई गरेका थिए ।