२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दुई खेल: लखनउ र चेन्नई तथा मुम्बई र पञ्जाब भिड्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज बुधबार दुई खेलहरु हुदैछ ।

आज हुने पहिलो खेलमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीचमा प्रतिस्पर्धा हुदैछ । लखनउको भारत रत्न श्री अटल बिहारी बाजपेयी एकना स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउसाकोे ३ः४५ बजेबाट सुरु हुनेछ ।

दुबै टोलि यस सिजनको दशौँ खेल खेल्दैछन् । लखनउ नौ खेलमा पाँचमा जित र चारमा हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ चेन्नई पनि नौ खेलमा पाँचमा जित र चारमा हारसहित १० अंकसहित चौथो स्थानमा छ।

अन्तिम खेलमा लखनउलाई रोयल च्यालेन्जर्स बैंग्लोरले घरेलु मैदानमा पराजित गरेको थियो। यस्तै, चेन्नईले पनि घरेलु मैदानमा पञ्जाब किंग्सविरुद्ध हार बेहोरेको थियो। आईपीएल २०२३ अंक तालिकाको शीर्ष चारमा रहन दुवै टोली जितको खोजीमा हुनेछन्।

लखनऊ सुपर जायन्ट्सको सम्भाबित प्लेईङ ११
केएल राहुल (कप्तान) , मार्कस स्टोइनिस, यश ठाकुर, काइल मेयर्स, दीपक हुडा, क्रुणाल पाण्ड्या, कृष्णप्पा गौथम, निकोलस पूरन (विकेटकीपर), रवि बिश्नोई, अमित मिश्रा, नवीन उल हक ।

चेन्नई सुपर किंग्सको सम्भाबित प्लेईङ ११
रुतुराज गायकवाड, डेभोन कोनवे, अम्बाती रायडु, अजिंक्य रहाणे, मोइन अली, रवीन्द्र जडेजा, शिवम दुबे, एमएस धोनी (कप्तान/विकेट किपर), तुषार देशपांडे ।

यस्तै, आज नै हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्स खेल्दै छन् । मोहालीको आईएस बिन्द्रा रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

पञ्जाब नौ खेलमा पाँचमा जित र चारमा हारसहित १० अंकको साथ तालिकाको छैठौँ स्थानमा छ । यस्तै, मुम्बई ८ खेलमा चारमा जित र चारमा हारसहित ८ अंकसहित सातौँ स्थानमा छ।

आफ्नो अन्तिम खेलमा, पञ्जाब ले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने मुम्बईले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो ।

पञ्जाब किंग्सको सम्भावित प्लेईङ ११

शिखर धवन (कप्तान), अथर्व तायडे, सिकन्दर राजा, लियाम लिभिङस्टोन, साम कुरान, जितेश शर्मा (विकेटकीपर), शाहरुख खान, हरप्रीत ब्रार, कागिसो रबाडा, राहुल चाहर, अर्शदीप सिंह।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ ११

रोहित शर्मा (कप्तान) , इशान किशन (विकेटकीपर), तिलक वर्मा, सूर्यकुमार यादव, टिम डेभिड, क्यामरन ग्रीन, जोफ्रा आर्चर, पियुष चावला, कुमार कार्तिकेय, रिले मेरेडिथ, अरशद खान।