६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली दर्शक भगवानका रुप हुन्– सन्दीप लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका स्पिनर सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रहेको बताएका छन् । नेपालले एशिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको उनले प्रतिक्रिया दिए ।

सन्दीपले नेपाली टोली अर्को श्रेणिमा उक्लिएको भन्दै कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एशियाकप रहेको बताए । नेपाली टोलीलाई प्रतिकुल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीबिरुद्ध जित निकाल्न निकै सहज भएको समेत उनले बताए ।

‘मलाई लाग्छ नेपाली दर्शक भगवानका रुप हुन् । म मान्छु कि भगवानले आफ्नो अवतारमा वहाँहरुलाई पठाएको हो । एकदमै दुःखहरुको क्षण हुन्छ सबैमा । क्रिकेटमा पनि त्यसरी नै चलेको थियो । वहाँहरुले कहिल्यै पनि साथ छाड्नु हुँदैन ।’, सन्दीपले भने, ‘मैले अघिनै भने जस्तो वहाँहरुको एउटा ठूलो भूमिका खेल्छ । घरेलु दर्शकले एकदमै फरक पार्छ । हिजो ४/५ बजे सम्म मैदान पुरै भरिपूर्ण थियो । अहिले खेल सकिएपछि, पुरस्कार वितरणपछि अहिले पनि वहाँहरु हुनुन्छ। ’