२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोन्नियिन सेल्वन २’को कमाई २०० करोड



अ+ अ-

एजेन्सी । ऐश्वर्या राय अभिनित फिल्म ‘पोन्नियिन सेल्वन २’ ले रिलिजको चौथो दिनमा विश्वव्यापी बक्स अफिसमा २०० करोडको कलेक्सन पूरा गरेको छ ।

निर्देशक मणिरत्नमको मनोरन्जन कम्पनी मद्रास टकीजले सामाजिक सञ्जाल पोस्टमार्फत फिल्म २०० करोड क्लबमा प्रवेश गरेको जानकारी दिएको हो । फिल्म २८ अप्रिलमा बक्स अफिसमा रिलिज भएको थियो ।

मद्रास टकिजको ट्विटर ह्यान्डलले फिल्मको कमाई बताउदै एउटा छोटो भिडियो क्लिप साझा गर्दै लेखेको छ – पिएस २ ले ठूलो फड्को मारेको छ । फिल्मले विश्वभर बक्स अफिसमा २०० करोडको आँकडा पार गरिसकेको छ ।’

पोन्नियिन सेल्वन २ २०२२ को चलचित्र पोन्नियिन सेल्वनको सिक्वेल हो । यो फिल्म कल्कि कृष्णमूर्तिको उपन्यास पोन्नियिन सेल्वनमा आधारित छ । यो फिल्म पोन्नियिन सेल्वन कल्की कृष्णमूर्तिको उपन्यासको तीन भागमा आधारित थियो । जबकि, पोन्नियन सेल्वन २ बाँकी दुई भागमा आधारित छ ।

चलचित्रमा ऐश्वर्या राय, विक्रम, तृषा, जयराम रवि, कार्थी, ऐश्वर्या लक्ष्मी, शोभिता धुलीपाल, प्रकाश राज, जयम, प्रभु, आर सरथकुमार, पार्थिवन, विक्रम प्रभु जस्ता कलाकारले चोल साम्राज्यको कथालाई अगाडि बढाएका छन् ।

फिल्मलाई अभिनेता कमल हसनले न्यारेशन गरेका छन् । फिल्ममा एआर रहमानले संगीत दिएका छन् । फिल्मलाई मणिरत्नमको मद्रास टकीज र सुभास्करनको लाइका प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो ।