१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोन्नियिन सेल्वन २’को कमाई २०० करोड



अ+ अ-

एजेन्सी । ऐश्वर्या राय अभिनित फिल्म ‘पोन्नियिन सेल्वन २’ ले रिलिजको चौथो दिनमा विश्वव्यापी बक्स अफिसमा २०० करोडको कलेक्सन पूरा गरेको छ ।

निर्देशक मणिरत्नमको मनोरन्जन कम्पनी मद्रास टकीजले सामाजिक सञ्जाल पोस्टमार्फत फिल्म २०० करोड क्लबमा प्रवेश गरेको जानकारी दिएको हो । फिल्म २८ अप्रिलमा बक्स अफिसमा रिलिज भएको थियो ।

मद्रास टकिजको ट्विटर ह्यान्डलले फिल्मको कमाई बताउदै एउटा छोटो भिडियो क्लिप साझा गर्दै लेखेको छ – पिएस २ ले ठूलो फड्को मारेको छ । फिल्मले विश्वभर बक्स अफिसमा २०० करोडको आँकडा पार गरिसकेको छ ।’

पोन्नियिन सेल्वन २ २०२२ को चलचित्र पोन्नियिन सेल्वनको सिक्वेल हो । यो फिल्म कल्कि कृष्णमूर्तिको उपन्यास पोन्नियिन सेल्वनमा आधारित छ । यो फिल्म पोन्नियिन सेल्वन कल्की कृष्णमूर्तिको उपन्यासको तीन भागमा आधारित थियो । जबकि, पोन्नियन सेल्वन २ बाँकी दुई भागमा आधारित छ ।

चलचित्रमा ऐश्वर्या राय, विक्रम, तृषा, जयराम रवि, कार्थी, ऐश्वर्या लक्ष्मी, शोभिता धुलीपाल, प्रकाश राज, जयम, प्रभु, आर सरथकुमार, पार्थिवन, विक्रम प्रभु जस्ता कलाकारले चोल साम्राज्यको कथालाई अगाडि बढाएका छन् ।

फिल्मलाई अभिनेता कमल हसनले न्यारेशन गरेका छन् । फिल्ममा एआर रहमानले संगीत दिएका छन् । फिल्मलाई मणिरत्नमको मद्रास टकीज र सुभास्करनको लाइका प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो ।