२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः दयनीय दिल्लीलाई जित आवश्यक, शीर्षस्थानको गुजरात अंक दुरी बढाउने दाउमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज गुजरात टाइटन्स (जीटी) र दिल्ली क्यापिटल्स (डीसी)बीच खेल हुँदैछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे खेल सुरु हुनेछ ।

गुजरात १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने दिल्ली ६ हारसहित पुछारमा छ । दिल्लीले यस चरणबाट प्लेअफमा पुग्नका लागि सबै खेल जित्नुपर्नेछ भने गुजरातलाई प्लेअफमा पुग्न केवल २ जित आवश्यक छ ।

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स प्रतियोगितामा अहिलेसम्म ८ मध्ये ६ खेल जितेर १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले कोलकाता र राजस्थानसँग मात्र खेल हारेको छ । घरेलु मैदानमा दिल्लीविरुद्धको खेलमा जित दर्ता गरेर टोलीले पहिलो स्थानमा आफ्नो स्थिति बलियो बनाउन सक्छ ।

दिल्लीविरुद्धका ४ विदेशी खेलाडीमा राशिद खान, नूर अहमद, जोशुआ लिटल र डेभिड मिलर हुन सक्छन् । साई सुदर्शनले सिजनको अन्तिम खेलमा दिल्लीविरुद्ध अर्धशतक बनाएका थिए तर उनलाई छनोट गर्न कप्तान हार्दिक पाण्ड्याले विजय शंकर वा अभिनव मनोहरमध्ये एकलाई मैदानमा उतार्नुपर्नेछ ।

प्रतियोगितामा दिल्लीले लगातार ५ खेलमा हार बेहोरेको थियो तर त्यसपछि २ खेल जितेको थियो । हैदरावादविरुद्धको अन्तिम खेलमा मिचेल मार्सले ४ विकेट लिएर अर्धशतक बनाए पनि टोली ९ रनले पराजित भएको थियो । अब प्लेअफको दौडमा रहन दिल्लीले बाँकी ६ खेल जित्नुपर्नेछ । एक खेल पनि हार्दा टिमले बाँकी टिममा भर पर्नुपर्नेछ ।

गुजरातविरुद्धको टोलीका चार विदेशी खेलाडी कप्तान डेभिड वार्नर, मिचेल मार्स, एनरिच नोर्ट्या र फिलिप साल्ट हुन सक्छन् । टोलीले फेरि एकपटक प्रियम गर्गलाई अक्षर पटेलभन्दा माथि ब्याटिङ गर्न मौका दिएर मध्यक्रममा राख्न सक्छ ।

गुजरात टाइटन्स गत वर्ष मात्रै आईपीएलमा सामेल भएको थियो । त्यसपछि दुई टोलीबीच एक खेल भएको थियो, जुन टाइटन्सले जितेको थियो । यस सिजनमा पनि यी दुईबीच खेल भएको छ, जसमा दिल्ली पराजित भएको छ । यद्यपी दुबै टोली अहमदाबादमा पहिलो पटक आमनेसामने हुँदैछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिच उच्च स्कोरिङ मानिन्छ । हालसम्म यहाँ भएका आईपीएल खेलहरूमा धेरै रन बनिसकेका छन् । मैदानमा औसत स्कोर १७९ रन छ । यहाँ पछिल्ला ५ वर्षमा ६६.६७% खेलहरू पछ्याउने टोलीले जितेका छन् । यस्तो अवस्थामा टस जितेर दुवै टोली पहिले बलिङ गर्न चाहन्छन् । मंगलबार अहमदाबादमा आंशिक बदली हुनेछ । दिउँसो पानी पर्ने सम्भावना रहे पनि रातिको मौसम सफा रहेको छ । साँझ ७ बजेपछि तापक्रम २९ देखि ३२ डिग्री सेल्सियससम्म रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), शुभमन गिल, विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, जोशुआ लिटिल र मोहम्मद शामी ।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), फिलिप साल्ट (विकेटकिपर), मिचेल मार्स, मनिष पाण्डे, प्रियम गर्ग, ललित यादवररिप्पल पटेल, अक्षर पटेल, कुलदीप यादव, एनरिक नोर्त्या, इशान्त शर्मा र मुकेश कुमार ।