२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षपछि मैदानमा विराट–गम्भीरको झगडा, दुबैलाई लाग्यो जरिवाना



अ+ अ-

एजेन्सी । लखनउमा भएको आईपीएल खेलमा विराट कोहली र गौतम गम्भीरको भिडन्त फेरि एकपटक देखिएको छ । दुवै एक अर्काको अगाडि आए । ५ मिनेटसम्म चर्को बहस भयो ।

कुरा यति बढ्यो कि एलएसजीका कप्तान केएल राहुल र सिनियर खेलाडी अमित मिश्राले हस्तक्षेप गर्नु परेको थियो । यसपछि पनि कोहली र गम्भीर एकअर्कासँग रिसाए । यसअघि सन् २०१३ मा पनि यी दुईबीच चर्को बहस भएको थियो ।

खेलको क्रममा विराटले नवीन उल हकलाई जुत्ता देखाएर अपमान पनि गरेका थिए । विवादपछि एलएसजीका प्रशिक्षक गौतम गम्भीर र आरसीबीका पूर्व कप्तान विराट कोहलीलाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोपमा खेल शुल्कको १०० प्रतिशत जरिवाना गरिएको छ । एलएसजीका बलर नवीन उल हकलाई पनि म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । कोहली र नवीनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

यस खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपरजायन्ट्सलाई १८ रनले पराजित गरेको थियो ।

न त तथ्य न सत्य – कोहली
खेलपछि विराटले इन्स्टाग्राममा पोस्ट गरेका छन् । यसलाई सफाईको रुपमा हेरिएको छ । लेखेका छन्, ‘हामीले जे सुन्छौं, त्यो राय हो, तथ्य होइन । हामीले देख्ने सबै कुराको दृष्टिकोण हो, सत्य होइन।’

आरसीबीका खेलाडीहरू विराटसँगै गए । विराट त्यसपछि लखनउका अलराउन्डर काइल मेयर्ससँग कुराकानी गर्न थाले । त्यसपछि गम्भीर आए र मेयर्सलाई आफूसँगै लैजान थाले । त्यतिकैमा गम्भीरले केही भन्न थाले । कोहलीले जवाफ दिए । विवाद बढ्दै गएपछि दुवै खेलाडीबीच झडप भयो । अम्पायर र सिनियर खेलाडी अमित मिश्रा र लखनउ कोचिङ स्टाफ सदस्य विजय दहियाले हस्तक्षेप गरे ।

यसअघि १० अप्रिलमा, लखनउ सुपर जायन्ट्सले यस सिजनको १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई आफ्नो घरमा पराजित गर्यो । एम चिन्नास्वामी स्टेडियममा आरसीबीले २१२ रन बनाएको थियो । लखनउले खेलको अन्तिम बलमा लक्ष्य प्राप्त गर्यो । यो जितपछि लखनऊका मेन्टर गौतम गंभीरले आरसीबीका फ्यानहरूलाई अनुहारमा औंला राखेर चुप लाग्न इशारा गरेका थिए ।

दश वर्षअघि अर्थात सन् २०१३ मा आईपीएलको छैटौं सिजनको खेलपछि दुई खेलाडीबीच मैदानमा झडप भएको थियो । त्यतिबेला विराट कोहली आरसीबीमा थिए भने गौतम गम्भीर कोलकाता नाइट राइडर्सका कप्तान थिए ।