५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई ७ विकेटले हराउदै नेपाल एसिया कपमा



अ+ अ-

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले ऐतिहासिक जित हात पारेको छ । युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको छ ।

युएईले दिएको सामान्य १ सय १८रनको लक्ष्य नेपालले ३०.३ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । नेपालको जितमा गुल्शन झाले अर्धशतकिय ईनिङ खेले । उनले ३ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन बनाए । सातौ ओभरको अन्तिम बलमा रोहन मुस्ताफाको हातबाट कप्तान रोहित पौडेल आउट भएसँगै २२/३ को अवस्थामा पुगेको नेपालको लागि गुल्शन र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । भीमले ३६ रन बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल एक एक रन बनाएर आउट भएका थिए । यस्तै, अर्का ओपनर आसिफ शेख ८ रन बनाएर एलबिडब्ल्यू आउट भएका थिए ।

युएईको लागि रोहन मुस्ताफाले सर्वाधिक 2 विकेट लिए । यस्तै, आसिफ अफजल खानले एक विकेट लिए

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । सोमबार २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमाएको थियो । नेपालका लागि स्पिनर ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५४ रन बनाएका थिए। ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिदले २७ बलमा १० रन बनाउदा कप्तान मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रनमा आउट भएका थिए।

नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।




भर्खरै