९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आईपीएलमा आज लखनउ र बैंगलोर भिड्दै

आईपीएलमा आज लखनउ र बैंगलोर भिड्दै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको खेलमा आज लखनउ सुपर जाइन्ट्स (एलएसजी) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । खेल लखनउको एकना क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

लखनउ र बैंगलोर पहिलो पटक एकना मैदानमा आमनेसामने हुँदैछन् । दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । यसअघि दुई टोली सिजनको १५औं खेलमा आमनेसामने भएका थिए जसमा लखनउ एक विकेटले विजयी भएको थियो ।

फास्ट बलर मार्क वुडको अनुपस्थितिमा लखनउको बलिङ आक्रमण कमजोर भएको छ । वुडले अप्रिल १५ यता एक खेल खेलेका छैनन् र टोलीले उसको चाँडो फर्किने आशा गरिरहेको छ । तीन खेल नखेले पनि वुडले सबैभन्दा धेरै विकेट लिएका छन् ।

लखनउले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । एलएसजीको अहिले १० अंक छ । लखनउले आफ्नो अन्तिम खेलमा पञ्जावलाई हराएको थियो। बैंगलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा काइल मेयर्स, मार्कस स्टोइनिस, निकोलस पूरन र नवीन उल हक हुन सक्छन् । यी बाहेक केएल राहुल, रवि बिश्नोई र आवेश खान जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

बैंगलोरले यो सिजन अहिलेसम्म खेलेका ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । टोलीको ८ अंक छ । बैगलोर आफ्नो अन्तिम खेलमा कोलकातासँग पराजित भएको थियो । लखनउविरुद्धको टोलीमा फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र डेभिड विली ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेल जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

लखनउको यो दोस्रो सिजन हो । हेड टु हेडको कुरा गर्ने हो भने बैंगलोर लखनउमा भारी भएको छ । यी दुई टोलीबीच अहिलेसम्म कुल तीन खेल खेलिएका छन् जसमा बैंगलोरले दुई पटक र लखनउले एक पटक जित हात पारेको छ ।

एकना क्रिकेट स्टेडियमको पिच फास्ट बलरका लागि एकदमै अनुकूल छ । यो पिचले पहिलो इनिङ्सको सुरुमा ब्याट्सम्यानलाई पनि धेरै मद्दत गर्छ । यो पिचमा सुरुवाती ओभरमा ठूला सट खेल्न ब्याट्सम्यानलाई सजिलो हुन्छ । सोमबार लखनउमा मौसम राम्रो हुनेछैन । बादल लाग्नेछ, वर्षाको सम्भावना छ । तापक्रम २० देखि २७ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुवै टिमका सम्भावित सुरुवाती–११
लखनऊ सुपर जायन्ट्सः केएल राहुल (कप्तान), काइल मेयर्स, दीपक हुडा, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन (विकेटकीपर), आयुष बडोनी, नवीन–उल–हक, यश ठाकुर, आवेश खान र रवि बिश्नोई ।

रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर), सुयश प्रभुदेसाई, वानिन्दु हसरंगा, विजयकुमार वैशाख, मोहम्मद सिराज, डेभिड विली र हर्षल पटेल ।

अंकतालिकाः