२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीरलाई सघाउन अभिनेता महेश माइतीघर पुगे



अ+ अ-

काठमाडौँ । अभिनेता महेश त्रिपाठीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् ।

संस्थापक पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् । वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तन लागि सरकारले कोष स्थापना गर्नुपर्नेलगायतका मागसहित पुन माइतीघरमा धर्नामा बसेका हुन् ।

धर्नास्थल पुगेर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएको उल्लेख गर्दै अभिनेता त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्ः

यसकारण मेरो ऐक्यबद्धताः
कयौं वैज्ञानिक मस्तिष्कहरु आज हाम्रो देशको नीतिका कारण कि त विदेशीयका छन् कि त्यो पेसाबाट नै पलायन । यदि कुनै देशमा सिर्जना मर्यो भने त्यो देशको कुनै आफ्नो अस्तित्व हुँदैन त्यो देश मरे तुल्य हुन्छ । आज जति पनि विकसित देशहरू छन्, हाम्रा दाजुभाइहरु रोजगारीका लागि त्यहाँ पुग्नुपरेको छ । ति देशहरूले आफ्नो देशमा भएका नव प्रवर्द्धन/अनुसन्धानहरुलाई संरक्षण गरेकै कारण त्यो स्थानमा पुगेका हुन् । कसैलाई पनि आफ्नो परिवारसँग टाढा रहेर आफ्नो माटो छोडेर रहरले होइन बाध्यताले पुग्नु परेको हुन्छ । हरेक क्षेत्रका सिर्जनाहरुलाई सम्मान गर्ने अनुसन्धान र नवप्रवर्धनलाइ संरक्षण गर्ने नीति अब राज्यको बनोस् । यो आन्दोलन निर्णायक आन्दोलन हुनेछ । त्यसैले म आज माइतीघर पुगे मेरो ऐक्यबद्धता छ ।

त्रिपाठी अभिनित चलचित्र ‘प्रसाद–२’ हलमा लागिरहेको छ भने उनले अमेरिकाको पुरानो फिल्म फेस्टिभल मध्ये ओर्ड फेस्टमा उत्कृष्ट अभिनेताको अवार्ड तथा अन्य थुप्रै चलचित्र महोत्सवहरुमा छनोट भएको चलचित्र ‘हल्कारा’ वैशाख–२९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । चलचित्रको प्रचार छोडेर उनी शनिबार दिउँसो आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका थिए । उनि त्यहाँ करिब तिन घण्टा आन्दोलनमा सहभागी भएका थिए । चलचित्रको प्रचारप्रसार छोडेर यता भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् – देश रहे हामी रहने न हो, अनुसन्धान , नवप्रवर्धनसँग मेरो पुरानो साइनो छ । त्यसैले म आज चलचित्रको काम थाती राखेर यता आएको हुँ ।

त्यसो त उनी आन्दोलनमा सहभागी हुनुको कारण छ । उनी सानै उमेरदेखि विज्ञान र प्रविधिमा रुचि राख्ने व्यक्ति हुन् । उनी नेपालमै पहिलो गाउले विद्यार्थीले रोबोट बनाउने व्यक्ति समेत हुन् । इलोक्ट्रोनिक इन्जिनियर अध्ययन गरिरहँदा २०६४ सालमा नेपाल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको स्थापना गरेर उनले म्याग्नेटिक इन्जिन, वाटर इन्जिन लगाएत वैकल्पिक उर्जाको अनुसन्धान र परिक्षणमा समेत काम गरेका थिए । नयाँ आविस्कारमा सघाउ पुर्याउन संस्था स्थापना गरेका उनै महेश महावीरलाइ सघाउन माइतीघर पुगेका हुन् ।




भर्खरै