२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः उपाधिका लागि नेपालले युएईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।

नेपालले समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।

उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिँदै रोमान्चक रुपमा युएई फाइनलमा पुगेको थियो ।

आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन अर्थात् मंगलबार त्यहिँबाट नै सुरु हुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।

सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नरहेको खण्डमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।