४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काँग्रेस नेता भण्डारी स्वास्थ्यमा सुधार आएपछि स्वेदश फर्किए

काँग्रेस नेता भण्डारी स्वास्थ्यमा सुधार आएपछि स्वेदश फर्किए
फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्कनु भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आईतबार साँझ स्वदेश फर्कनु भएको हो । त्यस क्रममा उहाँले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नु भयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताउनु भयो । उहाँले सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गर्नु भयो ।

प्रतिनिधिसभा सदस्य समेत रहनु भएका सांसद भण्डारीले भन्नुभयो, ‘एउटा ठूलो दूर्घटनाबाट हामी आएका छौं । हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाई दिदीबहिनिहरुले आगजनीको कारण ज्यान गुमाउन परेको छ । मैले पनि मेरो आमालाई हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु । मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर । नेपालमा धेरै आमाबुबाहरुले दुर्घटनाबाट ज्यान गुमाउनु भएको छ । धेरै युवायुवतीहरुले ज्यान गुमाउनु भएको छ । यी हाम्रा दुःखद् पक्ष हुन । साथीहरु, हामीले जसरी प्रविधिको विकास भयो । गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्याँस पुग्यो । तर, त्यो अनुसार हामीले पाठ्यक्रममा हामीले कसरी सिकाउने भनेर राख्दै राखेनौं । त्यसको शिकार म त भईसके पनि अरुलाई कस्तो भएको होला । यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ । हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दूर्घटना भईरहेको छ । मलाई त साथीहरु कसैले बाँच्छ नै भन्नु भएको थिएन । भेन्टिलेटरमा गएको मान्छे यो तीन वर्षमा जम्मा ३ जना बाँचेको रहेछ । म बाँचेर हजुरसँग आउनु पाए । म तपाईहरुको शुभेच्छा, शुभकामना, प्रेरणा र सदभावको कारण मेरो पावर बढ्यो । त्यसकारण मैले यो बाँच्ने अवसर पाए ।’

सांसद भण्डारीले भन्नुभयो ‘यो प्राप्त गर्नका निम्ति नेपाल सरकार, विभिन्न राजनीतिक पार्टीका नेताहरु, मेरो लामो समयसम्म राजनीतिक गरिरहनु भएका साथीहरुको सहयोगको कारणले मात्रै हामी यहाँ उपस्थित भयौं । म उहाँहरु सबैलाई आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु । र, मलाई खुशी लागेको मैले अहिले थाहा पाए । जुन दिन दूर्घटना भएपछि औषधि उपचार गर्न लगियो । त्यही दिन नै सरकारले अर्को बन हस्पिटल बनाउने अर्को निर्णय गरेको रहेछ । यसलाई हामी सबैले मिलेर बनाउनु पर्छ । अव नेपालीहरुले बाहिर गएर हस्पिटल बनाउने होइन, यसको नेतृत्व हामीले गर्नु पर्छ । यसको नेतृत्व म गर्न तयार छु भन्ने कुरा म राख्न चाहन्छु ।’

स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँ स्वदेशमै बसेर उपचार गर्नेगरी स्वदेश फर्कनु भएको हो । उहाँ गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते हुनु भएको थियो । सोही घटनामा घाइतु हुनु भएका नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।