१४ पुष २०८१, आईतवार
,
Latest
नागार्जुनका प्रमुख बस्नेतविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान दक्षिण कोरिया विमान दुर्घटनाः चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी : अर्थमन्त्री पौडैल सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती नेपाल जेसिजका निवर्तमान अध्यक्ष पोखरेल एमाले प्रवेश प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग दक्षिण कोरिया विमान दुर्घटना: १७७ जनाको मृत्यु, अवतरणका क्रममा पाङ्ग्रा खुलेनन् अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक : प्रधानमन्त्री वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीयः वनमन्त्री ठकुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बलमा तीन रन चाहिएको अवस्थामा चेन्नईविरुद्ध पञ्जावको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४१ औं खेलमा पञ्जाव किंग्सले रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई चार विकेटले पराजित गरेको हो । २०१ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ६ विकेटको क्षतिमा (शून्य बल बाँकी रहँदा) लक्ष्य पूरा गर्यो । पञ्जावलाई अन्तिम एक बलमा तीन रन आवश्यक थियो । शिकन्दर रजा र शाहरुख खान क्रिजमा थिए ।

रजाले अन्तिम बलमा बाउन्ड्रीतर्फ प्रहार गरेका थिए । बल चौका हुन लागिरहेको थियो । चेन्नईका रविन्द्र जडेजाले चौका हुन दिएनन् । तर रजा र शाहरुखले तीन रन लिएर खेल पञ्जावलाई जिताए ।

पञ्जावका लागि प्रभ्सीमरन सिंह (२४ बलमा ४२) लियाम लिभिङ्स्टन (२४ बलमा ४०), साम करण (२० बलमा २९), शिखर धवन (१५ बलमा २८), जितेश शर्माले (१० बलमा २१ रन) जोडे । यस्तै, शिकन्दर रजा ७ बलमा १३ रनमा तथा शाहरुख खान ३ बलमा २ रनमा अविजित रहे ।

पञ्जावका तुषार देशपाण्डेले तीन, रविन्द्र जडेजाले दुई तथा मथिसा पथिरानाले एक विकेट लिए ।

त्यसअघि चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २०० रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोनवे ५२ बलमा ९२ रनसहित अविजित रहे । उनले १६ चौका र १ छक्का प्रहार गरे । यस्तै, ऋतुराज गायकवणले ३१ बलमा ३७, शिवम दुबेले १७ बलमा २८ रन जोड्दा महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन जोडे । धोनीले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै चेन्नईको स्कोर २०० पुर्याए ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंह, साम करण, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिए ।