२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली र हैदरावादको खेल चलिरहँदा फ्यानहरुबीच हानाहान (भिडियो)



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)लाई लिएर फ्यानमा निकै क्रेज छ । अहिलेसम्म लगभग सबै खेलमा रंगशाला खचाखच भरिएको छ । यी खेल र मनपर्ने खेलाडी हेर्नको लागि मानिसहरु कीर्तिमानी संख्यामा रंगशाला पुगेका छन् ।

तर, मनपर्ने टोली र खेलाडीलाई समर्थन गर्दा कहिलेकाहीँ खेलाडीहरूबीच झगडा हुने गरेको छ । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भएको छ, जसमा फ्यानहरूबीच निकै लात र मुक्का चलिरहेको छ ।

यो लडाई दिल्लीको अरुण जेटली स्टेडियम (पहिले फिरोज शाह कोटला)मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बीचको शनिबारको खेलमा भएको बताइएको छ ।

भिडियोमा केही फ्यानका हातमा दिल्ली क्यापिटल्सको झण्डा देखिएको थियो । झडपका क्रममा पाँचदेखि छ जना आपसमा झगडा गरेका थिए । यो झगडा के कारणले भयो भन्ने थाहा नभए पनि यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । पछि केही मानिसहरू आएर हस्तक्षेप गरेर मामिला शान्त गराए ।

खेलको बारेमा कुरा गर्दा डेभिड वार्नरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले आइपिएलको १६ औं सिजनमा छैटौं हार बेहोरेको छ ।  दिल्ली शनिबार (२९ अप्रिल) घरेलु मैदान अरुण जेटली स्टेडियममा सनराइजर्स हैदरावादसँग ९ रनले पराजित भएको थियो । यो जितसँगै हैदरावादको टोलीले दिल्लीसँगको लगातार पाँच हारको क्रम तोडेको छ ।

http://